उत्तर अमेरिकामा परमेश्वरको मण्डली

परमेश्वरको मण्डली विश्वकोशबाट
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
संयुक्त राज्य अमेरिकाको न्यू विन्ड्सर परमेश्वरको मण्डलीको दृश्य
संयुक्त राज्य अमेरिकाको न्यू विन्ड्सर परमेश्वरको मण्डलीको दृश्य

सन् १९९०को दशकको अन्ततिर परमेश्वरको मण्डलीले उत्तर अमेरिकामा नयाँ करारको सुसमाचार प्रचार गर्न सुरु गऱ्यो । मण्डलीले उत्तर अमेरिकामा प्रचार गर्न सुरु गरेको पहिलो क्षेत्रचाहिँ क्यालिफोर्नियाको लस एन्जलस थियो । सत्यता ग्रहण गर्नेहरूको संख्या लगातार वृद्धि हुँदैगयो, र संयुक्त राज्य अमेरिकाका ५० वटा राज्यहरू सबैमा मण्डलीहरू स्थापना भइसकेका छन् । साथै क्यानाडाको अल्बर्टा, ब्रिटिस कोलम्बिया र ओन्टारियोमा पनि मण्डलीहरू स्थापना भइसकेका छन् । “आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्नू” (मत्ती २२:३९) भन्ने बाइबलको शिक्षालाई पछ्याउँदै परमेश्वरको मण्डलीका सन्तहरूले विभिन्न तरिकाले परमेश्वरको प्रेमलाई कार्यान्वयन गरिरहेका छन् । उनीहरूले गरेका विभिन्न स्वयंसेवाको कदरस्वरूप उनीहरू कैयौँ पटक राष्ट्रपतीय स्वयंसेवा अवार्डले पुरस्कृत भएका छन् ।[१]

उत्तर अमेरिकी परमेश्वरको मण्डलीहरूको अवलोकन

न्यूयोर्क क्षेत्रको परमेश्वरको मण्डलीका सन्तहरू न्यूयोर्कको लिङ्कन सेन्टरमा आयोजित निस्तार-चाडको पवित्र सभामा सहभागी भए ।
न्यूयोर्क क्षेत्रको परमेश्वरको मण्डलीका सन्तहरू न्यूयोर्कको लिङ्कन सेन्टरमा आयोजित निस्तार-चाडको पवित्र सभामा सहभागी भए ।

परमेश्वरको मण्डलीले विदेश मिसन सुरु गरेका पहिलो स्थानहरूमध्ये उत्तर अमेरिका पनि पर्दछ । सन् १९९७मा क्यालिफोर्नियाको लस एन्जलसमा सुसमाचार प्रचार गरिएर सन् २०००को दशकमा न्यूयोर्क, कनेक्टिकट, कोलोराडो र इलिनोइसम्म सुसमाचार फैलियो ।[२] नयाँ करार निस्तार-चाड, ३ चरणका ७ वटा चाडहरू, पिता परमेश्वर र माता परमेश्वर जस्ता बाइबलको सत्यताबाट धेरै जना प्रभावित भएकाले सन्तहरूको सङ्ख्या पनि तीव्र गतिमा वृद्धि भयो । उत्तरी ध्रूव नजिकैको अलास्का र प्रशान्त महासागरमा हावाइ लगायतका प्रत्येक प्रदेशहरूमा मण्डलीहरू स्थापना भएका छन् । यसबाहेक देशभरि नै हाउस चर्च र अफिस चर्चजस्ता स-साना आराधनालयहरू पनि छन् ।[३] जातीय विवाद अझै पनि विद्यमान रहेको संयुक्त राज्य अमेरिकामा सन्तहरूले प्रेम, विचारशीलता र नम्रता जस्ता सद्गुणहरू पालन गर्छन् । माताको शिक्षालाई पछ्याउँदै, उनीहरूले प्रेम नै सबैभन्दा ठूलो सद्गुण हो भन्ने कुरालाई महसुस गरी आपसमा प्रेम गर्दै असल उदाहरण देखाउँछन् । अमेरिकी सन्तहरूले कोलम्बिया र भेनेजुयला जस्ता दक्षिण अमेरिकाका धेरै देशहरूमा मण्डली स्थापना गर्नमा निर्णायक भूमिका खेले ।[४] संयुक्त राज्य अमेरिकाको सीमावर्ती रहेको क्यानाडामा सुसमाचारको कार्य भइरहेको छ, अनि एड्मन्टन, भ्यानकुभर, टोरोन्टो र मोन्ट्रियलमा पनि नयाँ मण्डलीहरू स्थापना भएका छन् । कोरियाबाट सुरु भएको मण्डलीमा उत्तर अमेरिकाबाट धेरै मानिसहरू आएका दृश्य देख्न पाउनु अनपेक्षित कुरा थियो । सन् २००१मा पहिलो विदेश भ्रमण टोलीबाट सुरु भएसँगै, नयाँ करार पुनर्स्थापना भएको ‘अगमवाणीको भूमि’ कोरियामा उत्तर अमेरिकाका सन्तहरूले क्रमिक रूपमा भ्रमण गरिरहेका छन् । भ्रमणको क्रममा उनीहरूले बाइबलको शिक्षा पाउँछन्, स्वर्गीय माताको प्रेम अनुभव गर्छन्, र परमेश्वरप्रतिको आफ्नो विश्वासलाई अझ दह्रिलो बनाउँछन् । भ्रमण टोलीका सहभागीहरू भन्छन्, “मैले केवल बाइबलीय ज्ञानको रूपमा मात्र लिएको परमेश्वरको प्रेम अहिले भने महसुस भएको छ । अब म यो प्रेमलाई व्यवहारमा लागू गर्नेछु, अनि परमेश्वरको अनुग्रह र आशिष्‌ मेरो परिवार, छिमेकी र चिनाजानामाझ पनि बाँड्नेछु ।”[५] उत्तर अमेरिकाका सन्तहरूले सारा महादेशभरि नयाँ करारको सत्यता अर्थात् प्रेम बाँड्नको निम्ति विनाविश्राम सुसमाचारको कार्य गरिरहेका छन् । उनीहरू अनन्त जीवनको वरदान, साँचो स्वतन्त्रता प्रदान गर्नुहुने पिता परमेश्वर र माता परमेश्वरको गवाही दिन प्रयत्न गर्छन् ।

वर्तमान अवस्था र गतिविधि

सहरी क्षेत्रका भवनहरूमा जथाभावी कोरिएका भित्तेचित्रहरू क्यानाडाको एडमन्टन परमेश्वरको मण्डलीद्वारा मेटाइँदै
सहरी क्षेत्रका भवनहरूमा जथाभावी कोरिएका भित्तेचित्रहरू क्यानाडाको एडमन्टन परमेश्वरको मण्डलीद्वारा मेटाइँदै
संयुक्त राज्य अमेरिकाको ड्यालस परमेश्वरको मण्डलीद्वारा आयोजित निस्तार-चाडको प्रेम, जीवन बचाउने ७९५औँ विश्वव्यापी रक्तदान अभियान
संयुक्त राज्य अमेरिकाको ड्यालस परमेश्वरको मण्डलीद्वारा आयोजित निस्तार-चाडको प्रेम, जीवन बचाउने ७९५औँ विश्वव्यापी रक्तदान अभियान

उत्तर अमेरिकाभरिका परमेश्वरको मण्डलीहरूले माताको प्रेम र पारिवारिक मनद्वारा विभिन्न स्वयंसेवा गर्दै समुदायहरूलाई सहयोग गर्छन् । उनीहरूले नागरिकहरूलाई वातावरण संरक्षणको महत्त्वबारे जागृत गराउन सरसफाइ र क्याम्पेनहरूको आयोजना गर्छन्,[६][७][८][९] अनि रगतको अभावलाई पूर्ति गरी मानव जीवन बचाउन निस्तार-चाडको प्रेम, जीवन बचाउने विश्वव्यापी रक्तदान अभियानको आयोजना गर्छन् ।[१०][११][१२][१३] तुफान, आँधी, बाढी जस्ता अप्रत्याशित प्रकोपहरू जाँदा सन्तहरूले क्षतिग्रस्त क्षेत्रहरूमा हतारका साथ गएर उद्धार र राहत कार्यमा समर्पित भई पीडितहरूलाई सहयोग गरे ।[१४][१५][१६][१७] आइरिन आँधीका पीडित फ्र्याङ्क आलोसेभिक र उनका परिवारले, विपत्ति राहत स्वयंसेवा गरिदिएकोमा मण्डलीलाई प्रशंसा-पत्र पठाए । पत्रमा यस्तो लेखिएको थियो, “मैले आशा गुमाएको थिएँ, तर तपाईंहरूले त्यो आशा फर्काइदिनुभयो । विभिन्न पृष्ठभूमिका मानिसहरू दाजुभाइ-दिदीबहिनीको रूपमा एकसाथ कार्य गरिरहेको देख्न पाइन्छ भनेर मैले कल्पना पनि गरेको थिइनँ । तपाईंहरूले अरूको जीवनलाई उत्तम हुने गरी परिवर्तन गराउँदैहुनुहुन्छ भन्ने कुरा आफ्ना प्रियजनलाई थाहा दिनुहोस् ।”[१८]

यसबाहेक मण्डलीका सन्तहरूले विपन्न छिमेकीहरूको सहयोगार्थ घरबारविहीनहरूका लागि मोजा सङ्कलन र बाल अस्पतालका लागि कम्बल सङ्कलन कार्यक्रम राखेर सहयोग गरे । साथै मण्डलीले स्थानीय विद्यालयहरूलाई पुस्तक तथा शैक्षिक सामग्री वितरण, खेल मैदान निर्माण र साना विद्यार्थीहरूको सहयोगार्थ अन्य विभिन्न कदम चालेर शैक्षिक समर्थन स्वरूप स्वयंसेवालाई पनि नेतृत्व गर्दैआएको छ । उनीहरूले वृद्धाश्रममा बुज्रुगहरूलाई सहयोग गर्ने, हिमआँधीले ल्याएको हिउँलाई पन्छाउने, प्रहरी कार्यालय र अग्नि नियन्त्रण कार्यालयमा गएर उनीहरूको सेवाप्रति कृतज्ञता व्यक्त गर्ने जस्ता ठूला-साना स्वयंसेवाद्वारा छिमेकीहरूमाझ माताको प्रेम बाँड्ने कार्यलाई निरन्तरता दिन्छन् ।[१९] क्यानाडाको एड्मन्टन परमेश्वरको मण्डलीले, परिवारबाट टाढा रहेर वर्षको अन्तिम समय एकलै बिताएका वृद्धाश्रमका ज्येष्ठ नागरिकहरूलाई भेटेर विभिन्न प्रस्तुतिहरूद्वारा उहाँहरूमाझ प्रेम र हाँसो साझा गरे ।[२०][२१]

साथै उज्ज्वल भविष्य निर्माणका लागि उनीहरूले गम्भीर सामाजिक समस्याहरू समाधान गर्न सहयोगमूलक कार्यहरू पनि गर्छन् । कोभिड-१९को सङ्क्रमण सबैभन्दा धेरै फैलिएको संयुक्त राज्य अमेरिकामा, परमेश्वरको मण्डलीले महामारीको समयमा चिकित्सा कर्मचारीहरूको सहयोगार्थ मास्क तथा आवश्यक किटहरू हस्तान्तरण गऱ्यो ।[२२] परिवारजनबीच घनिष्ठता र संवाद घट्दैगएको त्यो समयमा सन्तहरूले परिवारजनलाई आपसमा एकजुट गराउन ‘परिवार प्रशंसा दिवस’ भन्ने कार्यक्रमको आयोजना गरे ।[२३] साथै अपराध रोकथामका उपायलाई व्यवहारमा लागू गर्न सकिनेबारे छलफल गर्न उनीहरूले प्रहरी अधिकारीहरूसँगको साझेदारीमा ASEZ ‘भावी लिडर फोरम’,[२४] अनि दिगो विकास लक्ष्यहरूलाई दैनिक जीवनमा लागू गर्नमा नागरिकहरूलाई प्रोत्साहन दिन ‘विश्व शान्तिका लागि सहकारिता’ कन्सर्टको पनि आयोजना गरे ।[२५][२६]

मिडिया रिपोर्ट र अवार्ड

संयुक्त राज्य अमेरिकाबाट राष्ट्रपति स्वयंसेवा अवार्ड
संयुक्त राज्य अमेरिकाबाट राष्ट्रपति स्वयंसेवा अवार्ड

उत्तर अमेरिकाको परमेश्वरको मण्डलीले समाजमा व्याप्त रहेको व्यक्तिवादलाई उखेलेर प्रेमद्वारा गरेका समाज सेवाका प्रयासहरू प्रेरणाको स्रोतको रूपमा सञ्चार-माध्यमहरूमा त्यसको चर्चा भइरहेको छ ।[२७] खाँचोमा परेका छिमेकीहरूलाई सहयोग गरेको, जनचेतना जगाएको र समाज विकासमा सकारात्मक छाप छोडेको कदरस्वरूप परमेश्वरको मण्डलीले बाइडेन, ट्रम्प र ओबामा गरेर तीनै वटा सरकार[२८][२९][३०][३१]बाट अमेरिकी राष्ट्रपतीय स्वयंसेवा अवार्ड ५० पटक जति प्राप्त गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अवार्ड र प्रशंसा-पत्रहरूमा “म अमेरिकी जनताको तर्फबाट, यहाँहरूले गर्नुभएको स्वयंसेवाप्रति आभार व्यक्त गर्दछु, र यस्तो कार्यलाई निरन्तरता दिनको लागि अनुरोध गर्दछु । यो देशले तपाईंहरूमाथि भरोसा गर्दछ” भन्दै सन्तहरूको प्रयत्नको उच्च प्रशंसा गर्नुभयो । स्थानीय सरकारहरूले पनि परमेश्वरको मण्डलीले गरेको मानव-सेवाप्रति कृतज्ञता र सम्मान व्यक्त गर्नको निम्ति केही घोषणा र सङ्कल्पहरू जारी गरेका थिए ।[३२][३३][३४][३५][३६]

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

  1. ↑ "विश्वव्यापी परमेश्वरको मण्डलीलाई अवार्ड"। WATV Award। 
  2. ↑ "उत्तर अमेरिका"। WATV.org। 
  3. ↑ "[विशेष रिपोर्ट- लुथरको धर्म सुधारको ५००औँ वार्षिकोत्सव - परमेश्वरको मण्डली र बाइबलको सत्यता] परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, २७ लाख जना सन्तहरूको बृहत् गायन"। Monthly JoongAng। नोभेम्बर १७, २०१७। 
  4. ↑ "यरूशलेमबाट सुरु भएर संयुक्त राज्य अमेरिकाभरि फैलिएको प्रचार उत्सव"। English WATV। 
  5. ↑ "७४औँ विदेश भ्रमण टोली"। WATV.org। 
  6. ↑ "वातावरण संरक्षण"। WATV.org। 
  7. ↑ "स्वयंसेवकहरूद्वारा लास भेगासका स्थानीय पार्कहरूको सरसफाइ"। 3News। मे १०, २०२१। 
  8. ↑ "ज्याक्सनभिल मण्डलीका स्वयंसेवकहरूद्वारा नगरका पार्कहरूको सरसफाइ"। News 4 Jax। जनवरी २१, २०२१। 
  9. ↑ "आल्भेर्नन पुलको रिलिटो नदी सरसफाइ गर्दै १४० जना स्वयंसेवकहरू"। KGUN9। जनवरी १२, २०२०। 
  10. ↑ "'निस्तार-चाड प्रेम, जीवन बचाउने विश्वव्यापी रक्तदान अभियान' १,००० पटकभन्दा बढी आयोजित"। WATV.org। जुन २०, २०२१। 
  11. ↑ "यूटामा रगत अभाव हुँदा परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा सहयोग यूटा रगत अभाव"। Deseret News। अगस्ट ६, २०१८। 
  12. ↑ "बृहत् रक्तदानमा लेक वर्थ मण्डलीको सहभागिता"। CBS 12 NEWS। अप्रिल १६, २०१८। 
  13. ↑ "मण्डलीका सन्तहरू भन्छन्, "रक्तदान एकदमै महत्त्वपूर्ण छ ।""। Fontana Herald News। मार्च २०, २०१७। 
  14. ↑ "आकस्मिक उद्धार"। WATV.org। 
  15. ↑ "टेक्ससको ह्युस्टन मण्डलीद्वारा हार्वे आँधी राहत सहयोग"। English WATV। अगस्ट ३०, २०१७। 
  16. ↑ "रिजक्रेस्टका भूकम्प पीडितहरूलाई SCV मण्डलीबाट सहयोग"। The Signal। जुलाई ७, २०१९। 
  17. ↑ "वासिङटन पीडितहरूको हृदयलाई न्यानो पार्दै, विपत्ति राहत अभियान र सरसफाइ"। Courier Newspapers। डिसेम्बर १७, २०१३। 
  18. ↑ "[परमेश्वरको मण्डली] 'सबै कुरा गुमायौं भनेर सोच्दा 'स्वर्गदूत' हामीकहाँ आउनुभयो"। Donga.com। सेप्टेम्बर २६, २०१७। 
  19. ↑ "स्वयंसेवा"। WATV.org। 
  20. ↑ "नयाँ वर्षमा पनि न्यानो प्रेम बाँड्दै,"। WATV.org। जनवरी २०, २०१३। 
  21. ↑ "प्रेमद्वारा बनेको सुन्दर सम्पर्क"। WATV.org। 
  22. ↑ "कोभिड १९लाई जित्न परमेश्वरको मण्डलीले संयुक्त राज्य अमेरिकाका क्षेत्रहरूमा आशा बाँड्दछ"। NDN News। जुन २२, २०२०। 
  23. ↑ "इलिनोइको सिकागो मण्डलीमा परिवार प्रशंसा दिवस"। WATV.org। मार्च १७, २०१९। 
  24. ↑ "भर्जिनियामा ASEZ भावी लिडर फोरम"। WATV.org। अप्रिल २८, २०१९। 
  25. ↑ "पेरु, संयुक्त राज्य अमेरिका, मलेसिया र सिङ्गापुरमा कन्सर्टहरू"। WATV.org। अगस्ट ११, २०१९। 
  26. ↑ "लिङ्कन सेन्टर एलिस टुली हलमा ASEZ कन्सर्ट"। ASEZ.org। अगस्ट ११, २०१९। 
  27. ↑ ""परमेश्वरको मण्डलीको समर्पणले अमेरिकी समाजमा ठूलो परिवर्तन ल्याउँछ" ... 'माताको प्रेमद्वारा', वासिङ्टन डि.सि."। NewsHankuk। जुलाई ३०, २०१७। 
  28. ↑ "विश्वव्यापी परमेश्वरको मण्डलीलाई अवार्ड"। WATV Award। 
  29. ↑ "राष्ट्रपति स्वयंसेवा स्वर्ण अवार्ड, जो बाइडेन, सन् २०२१"। WATV Award। 
  30. ↑ "राष्ट्रपतीय स्वयंसेवा स्वर्ण अवार्ड, डोनाल्ड ट्रम्प, सन् २०१९"। WATV Award। 
  31. ↑ "राष्ट्रपति स्वयंसेवा स्वर्ण अवार्ड, बाराक ओबामा, सन् २०१५"। WATV Award। 
  32. ↑ "क्यालिफोर्निया विधान सभा, मान्यता पत्र"। WATV Award। 
  33. ↑ "काङ्ग्रेसको विशेष मान्यता पत्र"। WATV Award। 
  34. ↑ "कदर पत्र, ग्रेट अमेरिकन क्लिन-अप, सन् २०१७"। WATV Award। 
  35. ↑ "यूएस प्रतिनिधि सभा, काङ्ग्रेसबाट मान्यता पत्र"। WATV Award। 
  36. ↑ "संयुक्त राज्य अमेरिकाको आन्तरिक विभागबाट कदर पत्र"। WATV Award।