नयाँ करार

परमेश्वरको मण्डली विश्वकोशबाट
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
येशूज्यूले निस्तार-चाडको पवित्र भोजमा नयाँ करार स्थापना गर्नुभयो ।
येशूज्यूले निस्तार-चाडको पवित्र भोजमा नयाँ करार स्थापना गर्नुभयो ।

नयाँ करारको शाब्दिक अर्थ ‘नयाँ प्रतिज्ञा’ हो । ख्रीष्टियान धर्ममा यसले, येशू ख्रीष्टले मानव-जातिको मुक्तिको निम्ति गर्नुभएको नयाँ प्रतिज्ञालाई जनाउँछ । तर ठीक विपरीत, मोशाको समयमा स्थापित करारलाई चाहिँ पुरानो करार भनिन्छ, जसको अर्थ हो, ‘लामो समय अघिदेखिको प्रतिज्ञा ।’ यस्तो अभिव्यक्तिबाट नयाँ करारपुरानो करार भन्ने शब्द बनेको हो । नयाँ करार भन्ने शब्द सबैभन्दा सुरुमा देखा परेको चाहिँ यर्मियाको पुस्तकमा हो । यहोवा परमेश्वरले नयाँ करार स्थापना गर्नेछु भनेर अगमवाणी गर्नुभयो । अनि शरीरमा आउनुभएका परमेश्वर, येशूज्यूले नयाँ करार स्थापना गर्नुभयो । येशूज्यूले क्रूसमा कष्ट भोग्नुअघि आफ्ना चेलाहरूसँगै मान्नुभएको निस्तार-चाडको पवित्र भोजमा नयाँ करार स्थापना गर्नुभयो । यूहन्नाको सुसमाचारमा चाहिँ यसलाई ‘नयाँ आज्ञा’ भनेर लेखिएको छ ।

परमेश्वरले स्थापना गर्नुभएको नयाँ करार

म नयाँ करार स्थापना गर्नेछु भन्नुभएका यहोवा

पुरानो करारको समयका यर्मिया अगमवक्ताले ‘परमप्रभु परमेश्वरले नयाँ करार स्थापना गर्नुहुनेछ’ भनेर अगमवाणी गरे ।


परमप्रभु भन्नुहुन्छ, “ती दिन आउनेछन्, जब इस्राएलको घरानासँग र यहूदाको घरानासँग म एउटा नयाँ करार स्थापना गर्नेछु ।” . . . परमप्रभु भन्नुहुन्छ, “ती दिनपछि म इस्राएलको घरानासँग यो करार बाँध्नेछु, तिनीहरूका मनमा मेरो व्यवस्था राखिदिनेछु, र तिनीहरूका हृदयमा त्यो लेखिदिनेछु, र म तिनीहरूका परमेश्वर हुनेछु, र तिनीहरू मेरा प्रजा हुनेछन् ।”

यर्मिया ३१:३१-३३


परमेश्वरले “नयाँ करार बाँध्नेछु” भन्नुभएकोले योचाहिँ नयाँ करारको समयसम्बन्धी अगमवाणी हो । हृदयमा परमेश्वरको व्यवस्था, नयाँ करार लेखिएका मानिसहरू अर्थात् नयाँ करार पालन गर्ने मानिसहरूलाई परमेश्वरले “मेरा प्रजा” भनी स्वीकार्नुहुनेछ र उहाँचाहिँ तिनीहरूका परमेश्वर हुनुहुनेछ भनिएको छ ।

नयाँ करार स्थापना गर्नुभएका येशू ख्रीष्ट

चित्र:The Last Supper.jpg
अन्तिम भोज, पास्कल-एडोल्फ-जिएन डाङनान-बोभेरेट, सन् १८९६ : नयाँ करारको केन्द्रीय सत्यता नै निस्तार-चाड हो ।

पुरानो करारको समयमा यहोवा परमेश्वर स्वयम्‌ले स्थापना गर्नेछु भन्नुभएको नयाँ करारलाई येशूज्यूले स्थापना गर्नुभयो । मानव-जातिको मुक्तिको निम्ति शरीरमा आउनुभएका परमेश्वर येशूज्यूले निस्तार-चाडको पवित्र भोजमा नयाँ करार घोषणा गर्नुभयो ।


उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले दुःख भोग्न अघि नै यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ ।” . . . अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो । मेरो सम्झनामा यो गर्ने गर ।” यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो ।”

लूका २२:१५, १९-२०


येशूज्यूले आफ्नो रगतलाई सङ्केत गर्ने निस्तार-चाडको दाखमद्यलाई जनाएर नयाँ करार भन्नुभयो । योद्वारा, येशूज्यूले स्थापना गर्नुभएको नयाँ करारको केन्द्रीय सत्यता नै निस्तार-चाड हो भन्ने कुरा बुझ्न सकिन्छ । अनि उहाँले निस्तार-चाडलाई नयाँ करारको केन्द्रबिन्दु बनाउनुको कारणचाहिँ यो चाडमा ख्रीष्टको बलिदान र प्रेम समावेश भएकोले हो । क्रूसमा टाँगिनुभन्दा अघिल्लो दिन अर्थात् निस्तार-चाडको पवित्र भोजमा येशूज्यूले निस्तार-चाडको रोटीलाई, क्रूसमा च्यातिने उहाँको देह, अनि निस्तार-चाडको दाखमद्यलाई चाहिँ क्रूसमा बग्ने उहाँको रगतको रूपमा प्रतिज्ञा गर्नुभयो । यसरी हामीलाई पाप-क्षमा दिलाउन मृत्युसम्मको कष्ट भोग्नुभएका ख्रीष्टको त्यो महान् प्रेम, परमेश्वरले हामीलाई निस्तार-चाडद्वारा सम्झना गर्ने गराउनुभयो । त्यसैले प्रेरितहरूले, “जहिले-जहिले हामी नयाँ करार निस्तार-चाड[] मान्छौं, हामी प्रभुको मृत्युको घोषणा गर्छौं” भन्दै यसलाई ख्रीष्टको ‘इच्छा’ भने ।

यसैकारण उहाँ(ख्रीष्ट) नयाँ करारका मध्यस्थ हुनुहुन्छ, यस हेतुले कि बोलावट भएकाहरूले प्रतिज्ञा गरिएको अनन्त उत्तराधिकार प्राप्त गरून्, किनकि एक जनाको मृत्युको मोल भइसकेको छ, जसद्वारा पहिलो करारको समयमा भएका अपराधहरूबाट उद्धार पाइन्छ । किनकि जहाँ इच्छापत्रको प्रश्न छ त्यहाँ इच्छापत्र लेख्नेको मृत्यु भएको प्रमाणित हुनुपर्दछ । उसको मृत्यु भएपछि मात्र इच्छापत्र पक्का हुन्छ, किनकि इच्छापत्र दिने बाँचुञ्जेल त्यो पक्का ठहर्दैन ।

हिब्रू ९:१५-१७


उहिले मोशाले मानिसहरूमाझ परमेश्वरको व्यवस्था र आज्ञा घोषणा गरिदिँदा तिनीहरूले ती सबै पालन गर्ने प्रतिज्ञा गरे । तब मोशाले बलिको रगत छर्कंदै परमेश्वर र प्रजाबीच करार(पुरानो करार) स्थापित गरे ।[][] त्यसै गरी नयाँ करार स्थापित गरिँदा पनि रगत बगाइन आवश्यक थियो । येशू ख्रीष्ट मानव-जातिको निम्ति पाप-बलि हुनुभई क्रूसमा रगत बगाउनुभयो ।[] “उसको मृत्यु भएपछि मात्र इच्छापत्र पक्का हुन्छ” भनिएको वचनअनुसार येशूज्यूले मुक्तिको प्रतिज्ञा रहेको नयाँ करारलाई उहाँको मृत्युद्वारा पूरा गर्नुभयो ।

नयाँ करारचाहिँ येशूज्यूको बलिदानद्वारा स्थापित करार हो । त्यसैले नयाँ करार निस्तार-चाड मानेर ख्रीष्टको बलिदान र प्रेमलाई हृदयमा खोपेका मानिसहरू ‘नयाँ करार हृदयमा लेखिएका परमेश्वरका प्रजा’ बन्न सक्छन् ।

पुरानो करार र नयाँ करार

चित्र:Gérôme, Jean-Léon - Moses on Mount Sinai Jean-Léon Gérôme -1895-1900.jpg
सीनै पर्वतमा मोशा, जिन लियोन जेरोम, सन् १८९५ – १९०० : परमेश्वरले सीनै पर्वतमा घोषणा गर्नुभएको पुरानो करारचाहिँ पृथ्वीबाट घोषणा गरिएको करार हो भने नयाँ करारचाहिँ स्वर्गबाट घोषणा गरिएको करार हो ।

छाया र वास्तविकता

नयाँ करार चाहिँ पुरानो करार, मोशाको व्यवस्थाको वास्तविकता हो । अनि पुरानो करारचाहिँ भविष्यमा ख्रीष्टले स्थापना गर्नुहुने नयाँ करारको नकल र छायाको रूपमा स्थापित करार हो । यसकारण पुरानो करारको व्यवस्थाद्वारा हामीले वास्तविकता रहेको नयाँ करारको बारेमा जान्न सक्छौं ।


किनभने व्यवस्था अब आउने उत्तम कुराहरूको खास रूप होइन, तर तिनको छाया मात्र हो । यसकारण सालिन्दै नित्य चढाइने त्यही किसिमका बलिहरूद्वारा नजिक आउनेहरूलाई यसले सिद्ध पार्न सक्दैन ।

हिब्रू १०:१


पुरानो करारको समयमा इस्राएलीहरूका पाप-क्षमाको निम्ति भेडा र बाख्रा जस्ता पशुहरू बलि गरिन्थ्यो । योचाहिँ धेरै जनालाई पापबाट छुटकारा गराउन ख्रीष्ट क्रूसमा बलि हुनुहुने कुराको नकल र छाया हो ।[] परमेश्वरमा बलि चढाइने पुरानो करारका चाडहरू पनि ख्रीष्टको बलिदानलाई सम्झना गर्ने नयाँ करारका चाडहरूका छाया हुन् ।

पुरानो करार, नयाँ करारद्वारा पूरा

येशूज्यूले पुरानो व्यवस्थालाई परिवर्तन गरी पूरा गर्नुभएको पूर्ण करार नै नयाँ करार हो ।[] येशूज्यूले, म यो संसारमा व्यवस्था रद्द गर्न होइन तर पूरा गर्न आएँ भनेर भन्नुभयो ।


“व्यवस्था अथवा अगमवक्ताहरूलाई रद्द गर्न म आएको भन्ने नसम्झ । म ती रद्द गर्न होइन, तर पूरा गर्न आएँ ।”

मत्ती ५:१७


“परमेश्वरले नयाँ करार स्थापना गर्नुहुनेछ” भन्ने यर्मियाको अगमवाणी येशूज्यूद्वारा पूरा भएको कुरा, अनि नयाँ करार स्थापना भएपछि पुरानो करार लोप हुने कुरा प्रेरित पावलले बताए ।


किनभने पहिलो करार खोटरहित भएको भए त दोस्रोको आवश्यकता पर्नेथिएन । किनभने ती मानिसहरूको दोष देखाउँदै उहाँ भन्नुहुन्छ, “परमप्रभु भन्नुहुन्छ, ती दिन आउनेछन्, जब इस्राएलको घरानासँग र यहूदाको घरानासँग म एउटा नयाँ करार स्थापना गर्नेछु । . . . परमप्रभु भन्नुहुन्छ, ती दिनपछि म इस्राएलको घरानासँग यो करार बाँध्नेछु, तिनीहरूका मनमा मेरो व्यवस्था राखिदिनेछु, र तिनीहरूका हृदयमा त्यो लेखिदिनेछु, र म तिनीहरूका परमेश्वर हुनेछु, अनि तिनीहरू मेरा प्रजा हुनेछन् । . . .” यस करारलाई “नयाँ” भन्नुभएकोले नै पहिलालाई उहाँले पुरानो तुल्याउनुभयो । र जुनचाहिँ पुरानो भएर थोत्रो हुँदैजान्छ, त्यो लोप भएर जानेछ ।

हिब्रू ८:७-१०, १३


पहिलो करार रहेको पुरानो करारमा खोट थियो । अर्थात् पुरानो करार मोशाको व्यवस्थाद्वारा चाहिँ मानिसहरूले पूर्ण रूपमा मुक्ति पाउन सक्दैनथे भन्ने वचन हो । त्यसैले मानव-जातिले पूर्ण मुक्ति पाउन सकून् भनेर येशूज्यूले नयाँ करार अर्थात् पूर्ण व्यवस्था स्थापना गरिदिनुभयो । प्रेरित पावलले यस नयाँ करारलाई, येशूज्यूले स्थापना गर्नुभएको भन्ने अर्थमा ख्रीष्टको व्यवस्था भनेका छन् ।[]

सियोनमा स्थापित नयाँ करार

चित्र:Hubert van Eyck 027.jpg
मीका अगमवक्ता, हुबर्ट भ्यान एइक : मीकाले, परमेश्वरको व्यवस्था सियोनबाट निस्कनेछ भनेर अगमवाणी गरे ।

परमेश्वरले सीनै पर्वतमा मोशाद्वारा स्थापना गर्नुभएको र इस्राएलीहरूले पालन गरेका करार पुरानो करार थियो ।[][] चाड मनाइने सियोन पर्वतमा स्थापित करारचाहिँ नयाँ करार थियो । सियोनले, यहूदाको यरूशलेम सहर र त्यसको वरपरको क्षेत्रलाई जनाउँछ भने आत्मिक सियोनले चाहिँ नयाँ करारका चाडहरू मनाइने मण्डलीलाई जनाउँछ ।[] साथै नयाँ करारचाहिँ इस्राएलीहरूले मात्र होइन तर सबै जातिहरूले मानिरहेका छन् । यस विषयमा अगमवक्ताहरूले गरेका अगमवाणी निम्नानुसार छ :

  • यशैया
पछिल्ला दिनमा परमप्रभुको मन्दिर बसालिएको पर्वत सबै पर्वतहरूभन्दा मुख्य रूपमा स्थापना हुनेछ । डाँडाहरूभन्दा माथि त्यो उच्च उठाइनेछ, र सबै जातिहरू त्यहाँ ओइरिएर आउनेछन् । धेरै मानिसहरूले आएर भन्नेछन्, “आओ, हामी परमप्रभुको पर्वत, याकूबका परमेश्वरको भवनमा जाऔं । उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको बाटोमा हिँड्न सकौं ।” व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्कनेछन् । (यशैया २:२-३)
  • मीका
पछिल्ला दिनहरूमा परमप्रभुका मन्दिरको पहाडचाहिँ पहाडहरूमा प्रमुखझैँ स्थापित हुनेछ, र त्यो सबै डाँडाहरूभन्दा माथि उठाइनेछ, र मानिसहरू त्यहाँ ओइरिएर जानेछन् । धेरै जाति-जातिहरू आएर भन्नेछन्, “आओ, हामीहरू परमप्रभुको पर्वत, याकूबका परमेश्वरको भवनमा जाऔं । उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको मार्गमा हिँड्न सकौं ।” व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्कनेछन् । (मीका ४:१-२)

यो अगमवाणीअनुसार, येशूज्यूले आफ्ना चेलाहरूसँग निस्तार-चाड मान्नुहुँदै नयाँ करार स्थापना गर्नुभयो ।[१०] पुरानो करार स्थापना गरिँदा, सीनै पर्वतमा धूवाँ उठिरहेको अवस्थामा गर्जन, बिजुली र तुरहीको आवाजमा घोषणा गरिएको थियो ।[११] तर नयाँ करारचाहिँ निस्तार-चाडको पवित्र भोज गरिएको मर्कूसको माथिल्लो तलामा शान्त रूपमा स्थापना गरियो । प्रेरित पावलले भनेका छन्, कि सीनै पर्वतमा घोषणा गरिएको पुरानो करार पृथ्वीबाट घोषणा गरिएको हो, र मर्कूसको माथिल्लो तलामा घोषणा गरिएको नयाँ करारचाहिँ स्वर्गबाट घोषणा गरिएको हो ।[१२]

नयाँ करारको विधि

चित्र:Signorelli - Predella with Stories of the Passion The Last Supper, Prayer in the Garden and Capture of Christ, Ascent to Calvary, and the Flagellation, 1512-1520 ca.jpg
अन्तिम भोज र कोर्राबाजी, लुका सिग्नोरेली, सन् १५१२-१५२० येशूज्यूले बप्तिस्मा लिनुभएर क्रूसमा मृत्यु भोग्नुअघिसम्म दिनुभएका उपदेशहरू र स्वयम्‌ले पालन गर्नुभएका विधिहरूचाहिँ सन्तहरूले पालन गर्नैपर्ने नयाँ करारका विधिहरू हुन् ।

येशूज्यूको आगमनसँगै पूजाहारी पद अर्थात् पूजाहारीको दर्जा बद्लिँदा व्यवस्था पनि बद्लियो ।[१३] नयाँ गरी बद्लिएको व्यवस्था अर्थात् नयाँ करारको केन्द्रबिन्दु नै येशू ख्रीष्ट हुनुहुन्छ । येशूज्यूले ३ वर्षसम्म प्रत्यक्ष दिनुभएका वचनहरू र उदाहरणको रूपमा पालन गर्नुभएका आज्ञाहरूचाहिँ ख्रीष्टियानले पालन गर्नैपर्ने महत्त्वपूर्ण शिक्षाहरू हुन् । अनि येशूज्यूबाट सीधै शिक्षा पाएका प्रेरितहरूको उदाहरणलाई हामीले पछ्याउनुपर्छ ।[१४][१५][१६]

बप्तिस्मा

बप्तिस्मा भनेको शरीरलाई पानीमा डुबाएर अथवा पानीले भिजाएर, पापमय शरीरको खोल फुकाली नयाँ जीवनमा जन्मेर ख्रीष्टियान बन्ने धर्मविधि हो ।[१७][१८] पुरानो करारको समयमा, इस्राएलीहरूले आफू परमेश्वरको प्रजा हुँ भन्ने कुराको चिन्हस्वरूप खतना गर्थे ।[१९] पुरानो करारको खतनाको नियम नयाँ करारको समयमा बप्तिस्माद्वारा पूरा भयो ।[२०]

येशूज्यूले मानिसहरूलाई बप्तिस्मा दिनुभयो,[२१] र आफ्ना चेलाहरूलाई पनि, सबै जातिहरूलाई बप्तिस्मा दिन भन्नुभयो ।[२२] येशूज्यूबाट सीधै शिक्षा पाएका प्रेरित पत्रुसले मानिसहरूलाई, बप्तिस्मा लिएर पाप-क्षमा[२३] पाउनुपर्छ भन्दै प्रचार गरे । अनि प्रेरित पावलले पनि बप्तिस्माद्वारा नयाँ जीवन पाउन सकिन्छ भने ।[२४] यसरी बप्तिस्माचाहिँ नयाँ करारको समयका सन्तहरूले मुक्ति पाउनका लागि अनिवार्य पालन गर्नैपर्ने नयाँ करारको व्यवस्था हो ।[२५]

नयाँ करारको शबाथ-दिन

पुरानो करारको समयमा, पूजाहारीहरूले शबाथ-दिनमा थुमा काटेर त्यसको रगतको बलि चढाउँथे ।[२६] तर नयाँ करारमा थुमाको वास्तविकताको रूपमा येशूज्यू आउनुभयो,[२७] र नयाँ करारको शबाथको विधिचाहिँ आत्मा र सत्यतामा आराधना गर्ने विधिमा बद्लियो ।[२८]

त्यस बेलादेखि शबाथमा थुमा बलि गरिनुको सट्टा, येशूज्यूले धर्मशास्त्रबाट प्रवचन दिनुहुँदै शबाथमा आत्मा र सत्यतामा आराधना गर्ने कुराको उदाहरण देखाउनुभयो ।


उहाँ नासरतमा आउनुभयो, जहाँ उहाँ हुर्कनुभएको थियो । उहाँ आफ्नो आदतअनुसार शबाथ-दिनमा सभाघरमा जानुभयो, र पढ्नलाई खडा हुनुभयो ।

लूका ४:१६


येशूज्यूको समयपछि, प्रेरितहरूले पनि येशूज्यूको उदाहरणलाई पछ्याउँदै नयाँ करारको शबाथ-दिन माने ।[२९][३०]

नयाँ करारको छाप्रो-वासको चाड

चित्र:Jan Joest von Kalkar - Christus und die Samariterin am Jakobsbrunnen.jpg
याकूबको इनारमा ख्रीष्ट र सामरी स्त्री, यान योएस्ट भ्यान क्याल्कार, सन् १५०८: सामरी स्त्रीलाई जिउँदो पानी दिने प्रतिज्ञा गर्नुभएका येशूज्यू ।

येशूज्यूले छाप्रो-वासको चाड मान्नुहुँदै जिउँदो पानी(जीवनको पानी)जस्तो पवित्र आत्माको आशिष् दिने प्रतिज्ञा गर्नुभयो ।


अब यहूदीहरूका छाप्रो-वासको चाड नजिकै थियो . . . अब चाडको पछिल्लो दिन, अर्थात् चाडको प्रमुख दिनमा, उभिएर येशूले उच्च स्वरमा यसो भन्नुभयो, “यदि कोही तिर्खायो भने त्यो मकहाँ आओस् र पिओस् । जसले ममाथि विश्वास गर्दछ, धर्मशास्त्रले भनेअनुसार ‘त्यसको अन्तस्करणबाट जिउँदो पानीका खोलाहरू बगिनिस्कनेछन्’ ।” तर यो कुरो उहाँले पवित्र आत्माको विषयमा भन्नुभएको थियो, जुन पवित्र आत्मा उहाँमाथि विश्वास गर्नेहरूले प्राप्त गर्न लागेका थिए ।

यूहन्ना ७:२, ३७-३९


पुरानो करारको छाप्रो-वासको चाडचाहिँ, पवित्र वासस्थान निर्माण कार्यलाई सम्झना गर्ने चाड थियो । यो चाडमा मानिसहरूले विभिन्न किसिमका हाँगाहरूद्वारा छाप्रो बनाएर सात दिनसम्म त्यहाँ रहेर उत्सव मनाउँथे ।[३१] नयाँ करारको छाप्रो-वासको चाडमा चाहिँ, येशूज्यूले प्रतिज्ञा गर्नुभएको पवित्र आत्मा पाएपछि मन्दिर निर्माणका सामग्रीको रूपमा सङ्केत गरिएका सन्तहरूलाई भेला गरेर प्रचार उत्सव गरिन्छ ।

नयाँ करारको निस्तार-चाड

नयाँ करारको केन्द्रीय सत्यता नै निस्तार-चाड हो । पुरानो करारको समयमा परमेश्वरले इस्राएलीहरूलाई मिश्रको दासत्वबाट छुटकारा गराउन, थुमाको देह र रगतद्वारा निस्तार-चाड मान्न आज्ञा गर्नुभयो ।[३२] नयाँ करारको समयमा, मानव-जातिलाई पाप-क्षमा दिन[३३] निस्तारको थुमाको वास्तविकताको[३४] रूपमा यो संसारमा आउनुभयो, र मृत्युको दासत्वबाट छुटकारा गराउन उहाँको देह र रगतलाई सङ्केत गर्ने निस्तार-चाडको रोटी र दाखमद्य खान र पिउन लगाउनुभयो ।[३५] थुमाको बलिदानद्वारा मान्ने गरिएको पुरानो करारको निस्तार-चाड, अब येशूज्यूको बलिदान समाविष्ट रोटी र दाखमद्य खाएर, पिएर मनाइने नयाँ करार निस्तार-चाडद्वारा पूरा भयो ।

नयाँ करारको पेन्तिकोसको दिन

पेन्तिकोसको दिनचाहिँ येशूज्यूले आफू स्वर्गारोहण हुनुअघि सन्तहरूलाई प्रतिज्ञा गर्नुभएको पवित्र आत्मा झार्नुभएको दिन थियो ।[३६] यो दिनमा झारिएको पवित्र आत्मा नै सुरुको मण्डलीको सुसमाचारको कार्यको प्रेरक शक्ति बन्यो ।


जब पेन्तिकोसको दिन आयो, तिनीहरू सबै एकै ठाउँमा भेला भएका थिए । . . . अनि तिनीहरू सबै जना पवित्र आत्माले भरिए, र पवित्र आत्माले तिनीहरूलाई दिनुभएको उच्चारणबमोजिम तिनीहरू अन्य भाषाहरूमा बोल्न लागे । . . . तब जस-जसले उनको कुरा ग्रहण गरे तिनीहरूले बप्तिस्मा लिए, र त्यसै दिन प्राय: तीन हजार मानिसहरू तिनीहरूको संख्यामा थपिए ।

प्रेरित २:१-४७


पुरानो करारको समयमा पेन्तिकोसको दिनलाई साताहरूको चाड भनिन्थ्यो, र योचाहिँ मोशा दश आज्ञाको शिला-पाटी लिन सीनै पर्वतमा उक्लेका दिनलाई सम्झना गर्ने चाड थियो ।[३७] यही दिनमा येशूज्यूले स्वर्गबाट पवित्र आत्मा खन्याइदिनुभएकोले नयाँ करारको पेन्तिकोसको चाड पूरा भयो ।

पुरानो करार र नयाँ करारबीच तुलना तालिका

पुरानो करार नयाँ करार
सीनै पर्वतमा घोषणा[३८] सियोन पर्वतमा घोषणा[३९]
पूजाहारी पद : हारूनको दर्जा पूजाहारी पद : मल्कीसेदेकको दर्जा[४०]
पृथ्वीबाट आज्ञा गरिएको करार स्वर्गबाट आज्ञा गरिएको करार[४१]

निस्तार-चाड थुमा काटेर मनाइने[४२]
अखमिरी रोटीको चाड ७ दिनसम्म अखमिरी रोटी खाएर मनाइने[४३]
अगौटे फलको चाड पहिलो उब्जनीको एक बिटा डोलाएर मनाइने[४४]
साताहरूको चाड नयाँ अन्नको बलि चढाएर मनाइने[४५]
तुरहीको चाड प्रार्थना सप्ताह[४६]
प्रायश्चितको दिन पश्चात्तापको प्रार्थना[४७]
छाप्रो-वासको चाड ७ दिनसम्म पवित्र सभा[४८]

निस्तार-चाड रोटी र दाखमद्यद्वारा मनाइने[१०]

अखमिरी रोटीको चाड उपवास बसेर मनाइने कष्टको चाड[४९]
पुनरुत्थानको दिन येशूज्यूको पुनरुत्थान[५०]
पेन्तिकोसको दिन पवित्र आत्माको आगमन[५१]
तुरहीको चाड प्रार्थना सप्ताह
प्रायश्चितको दिन पश्चात्तापको प्रार्थना
छाप्रो-वासको चाड ७ दिनसम्म प्रचार उत्सव[५२]

नयाँ करार र नयाँ आज्ञा

चित्र:Eugène Delacroix - Christ on the Cross - Walters 3762 (2).jpg
क्रूसमा ख्रीष्ट, युजिन डेलाक्रोक्स, सन् १८४६: नयाँ करार निस्तार-चाडको रोटी र दाखमद्यले, क्रूसमा टाँगिएको येशूज्यूको देह र क्रूसमा बगेको उहाँको रगतलाई जनाउँछ ।

लूका अध्याय २२मा, येशूज्यूले ‘नयाँ करार’ स्थापना गर्नुभयो, र यूहन्ना अध्याय १३मा येशूज्यूले ‘नयाँ आज्ञा’ दिनुभयो भनेर लेखिएको छ ।


“एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछु: तिमीहरू एक-अर्कालाई प्रेम गर । तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्यस्तै प्रेम गर ।”

यूहन्ना १३:३४


येशूज्यूले ‘नयाँ करार’ स्थापना गर्नुभएको ठाउँ नै निस्तार-चाडको पवित्र भोज स्थल थियो ।[५३] अनि उहाँले ‘नयाँ आज्ञा’ दिनुभएको ठाउँ पनि निस्तार-चाडको पवित्र भोज स्थल नै थियो ।[५४] फेरि भन्नुपर्दा, यीचाहिँ एकै ठाउँमा एकै समयमा दिइएका वचनहरू हुन् । यी दुई वचनहरू एउटै अवस्थाका अभिलेख भए तापनि लूकाको सुसमाचारमा ‘नयाँ आज्ञा’ भनेर लेखिएको छैन, अनि यूहन्नाको सुसमाचारमा चाहिँ ‘नयाँ करार’ भनेर लेखिएको छैन । किनभने नयाँ करार र नयाँ आज्ञा भनेको एउटै कुरा हो । बाइबलमा आज्ञा र करार मूलभूत रूपमा उस्तै हुन् । उहिले मोशालाई दिइएको दश आज्ञालाई परमेश्वरले ‘करार’ भन्नुभयो ।[५५]

हामीले नयाँ करार निस्तार-चाडमा समाविष्ट प्रेमको सिद्धान्तलाई बुझ्यौं भने नयाँ करार र नयाँ आज्ञा एउटै हो भन्ने कुरा बुझ्न सक्नेछौं । निस्तार-चाडको पवित्र भोजचाहिँ येशूज्यूको देह र रगतलाई सङ्केत गर्ने रोटी र दाखमद्य खाने र पिउने, अनि क्रूसमा बलिदान हुनुभएका ख्रीष्टको प्रेमलाई महसुस गराउने धर्मविधि हो । साथै सन्तहरू येशूज्यूको देह र रगतमा सहभागी भएर उहाँसित एउटै शरीर हुने भएकाले[५६] उनीहरूले एक-अर्कालाई पनि आफूलाई झैँ प्रेम गर्न सक्छन् । निस्तार-चाड मानेमा हामीले ख्रीष्टको प्रेम र बलिदानलाई महसुस गर्न सक्छौं र हाम्रा दाजुभाइ-दिदीबहिनीलाई पूर्ण रूपमा प्रेम गर्न सक्छौं । नयाँ करारमा समाविष्ट प्रेमको सिद्धान्त यही नै हो । यसकारण निस्तार-चाडको रोटी र दाखमद्यद्वारा ख्रीष्टभित्र एउटै शरीर बन्न सकिने ‘नयाँ करार’, र एक-अर्कालाई प्रेम गर भन्ने ‘नयाँ आज्ञा’ आधारभूत रूपमा एउटै कुरा हुन् ।

नयाँ करार र सुसमाचार

शाब्दिक रूपमा सुसमाचार भनेको ‘शुभ समाचार’ हो । नयाँ करार बाइबलमा यसले, येशूज्यूले बप्तिस्मा लिनुभएर क्रूसमा मृत्यु भोग्नुअघि ३ वर्ष प्रचार गर्नुभएको राज्यको सुसमाचारलाई जनाउँछ ।[५७] विस्तृत रूपमा भन्नुपर्दा, सुसमाचार भनेको नयाँ करार हो । प्रेरित पावलले आफूलाई सुसमाचार प्रचार गर्ने ‘सुसमाचारको सेवक’ पनि भनेका छन्, र ‘नयाँ करारका सेवक’ पनि भनेका छन् ।[५८][५९] कारण सुसमाचार र नयाँ करारको अर्थ एउटै हो । येशूज्यूले सिकाउनुभएको र पालन गर्नुभएको बप्तिस्मा, शबाथ-दिन, निस्तार-चाड लगायत ३ चरणका ७ वटा चाडहरू सबै नयाँ करारका सत्यताहरू हुनुका साथै यी नै मानव-जातिलाई स्वर्गतर्फ डोऱ्याउने सुसमाचार हुन् ।

सम्बन्धित भिडियो

  • प्रवचन : हृदयमा खोपिएको नयाँ करार

  • प्रवचन : नयाँ करार पालन गर्ने सन्तहरू

यो पनि हेर्नुहोस्

बाह्य कडीहरू

सन्दर्भ सामग्रीहरू

  1. "१ कोरिन्थी ११:२३-२६" 
  2. "प्रस्थान २४:८" 
  3. "हिब्रू ९:१८-२२" 
  4. ४.० ४.१ मत्ती १०:२८
  5. "हिब्रू ७:१२" 
  6. "१ कोरिन्थी ९:२०-२१" 
  7. नहेम्याह ९:१३-१४
  8. "प्रस्थान २०:१-१७" 
  9. "यशैया ३३:२०-२२" 
  10. १०.० १०.१ लूका २२:१५, १९-२०
  11. "प्रस्थान २४:१२-१८" 
  12. हिब्रू १२:२५
  13. "हिब्रू ७:१२" 
  14. "यूहन्ना १३:१५" 
  15. "मत्ती २८:२०" 
  16. "फिलिप्पी ४:९" 
  17. "कलस्सी २:१२" 
  18. "१ पत्रुस ३:२१" 
  19. "उत्पत्ति १७:१०-१४" 
  20. "कलस्सी २:११-१२" 
  21. "यूहन्ना ३:२२" 
  22. "मत्ती २८:१९" 
  23. "प्रेरित २:३८" 
  24. "रोमी ६:३-४" 
  25. "मर्कूस १६:१६" 
  26. "गन्ती २८:९-१०" 
  27. "यूहन्ना १:२९" 
  28. "यूहन्ना ४:२४" 
  29. "प्रेरित १७:२" 
  30. "प्रेरित १८:४" 
  31. "लेवी २३:३४-४३" 
  32. "प्रस्थान १२:५-३३" 
  33. "रोमी ६:१६-२३" 
  34. "१ कोरिन्थी ५:७-८" 
  35. मत्ती २६:१९, २६-२८
  36. "प्रेरित १:४-९" 
  37. "प्रस्थान २४:१२-१८" 
  38. "नहेम्याह ९:१३-१४" 
  39. "मीका ४:१-२" 
  40. "हिब्रू ७:११-१२" 
  41. "हिब्रू १२:२५" 
  42. "प्रस्थान १२:५-११" 
  43. "प्रस्थान १२:१५" 
  44. "लेवी २३:१०-११" 
  45. "लेवी २३:१५-१७" 
  46. "लेवी २३:२४" 
  47. "लेवी २३:२७-२८" 
  48. "लेवी २३:३४" 
  49. "मत्ती ९:१५" 
  50. "१ कोरिन्थी १५:२०" 
  51. "प्रेरित २:१-४" 
  52. "यूहन्ना ७:२, ३७-३९" 
  53. "लूका २२:२०-३४" 
  54. "यूहन्ना १३:३४-३८" 
  55. "प्रस्थान ३४:२८" 
  56. "१ कोरिन्थी १०:१६-१७" 
  57. "मत्ती ४:२३" 
  58. "कलस्सी १:२३" 
  59. "२ कोरिन्थी ३:६"