स्वर्गीय परिवार

परमेश्वरको मण्डली विश्वकोशबाट
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
परिवारका सदस्यहरू / बुबा, आमा, सन्तान
परिवारका सदस्यहरू / बुबा, आमा, सन्तान

स्वर्गीय परिवारचाहिँ पिता परमेश्वर, माता परमेश्वर र परमेश्वरका सन्तान समाविष्ट अनन्तको परिवार हो । सर्वशक्तिमान् सृष्टिकर्ता परमेश्वर, जसलाई सारा मानव-जातिले विश्वास गर्छन्, वास्तवमा उहाँ नै मुक्ति पाउने सन्तहरूका पिता र माता हुनुहुन्छ । छायाको रूपमा रहेको यस पार्थिव परिवारद्वारा हामीले स्वर्गीय परिवारको बारेमा बुझ्न सक्छौं । स्वर्गीय परिवारचाहिँ निस्तार-चाडको रगतको सम्बन्धद्वारा गाँसिएको छ । निस्तार-चाडद्वारा परमेश्वरको रगत प्राप्त गरेकाहरू नै अनन्त जीवनको आशिष् उपभोग गर्ने परमेश्वरका सन्तान र स्वर्गका उत्तराधिकारीहरू हुन् ।

प्रेमको शिखर, परिवार

सम्राट पेन्गुइनको परिवार

परिवारचाहिँ प्रेमको शिखर हो । प्रेमद्वारा विवाहमा बाँधिएका दम्पतीले सन्तान जन्माएर उनीहरूलाई प्रेमपूर्वक हुर्काउने ठाउँलाई नै घर भनिन्छ । परिवारका सदस्यहरूबीचको प्रेम, वैवाहिक प्रेम, पितृप्रेम, मातृप्रेम, भातृ-प्रेम र सन्तानोचित प्रेम नै खुशी जीवनको मुख्य सद्गुण हो ।[१] सन्तानप्रतिको बुबा-आमाको प्रेम निःस्वार्थ हुन्छ, जुन जनावरको संसारमा पनि लागू हुन्छ । काँडे माछा र सम्राट पेन्गुइनहरूमा बलियो पितृ प्रेम हुन्छ । बुबा काँडे माछाले अण्डाहरूलाई ताजा अक्सिजन आपूर्ति गर्छ, अनि १५ दिनसम्म भोकै रहेर आक्रमणकारीहरूसित लड्छ । जब अन्डाबाट बचेरा कोरलिन्छ तब बुबा पेन्गुइन शक्तिहीन भएर अन्ततः मर्छ । मरेको त्यस बुबाको शरीर साना बचेराहरूका लागि आहारा बन्छ ।[२][३] बुबा पेन्गुइनले करीब २ महिनासम्म अण्डालाई ओथारो दिन्छ । उसले भोकभोकै अण्डालाई –६० डिग्री सेल्सियसको बरफिलो तापक्रम र परभक्षीहरूबाट जोगाउँछ । मातृप्रेमचाहिँ चराहरू र स्तनधारी जनावरहरूमा प्रायः देखिन्छ ।


साना जीवजन्तुले मात्र होइन तर विवेकी प्राणी मानिसले पनि, आफ्ना बालबच्चा जोखिममा पर्दा तर्क नगरी आफ्नो अन्तर्ज्ञानलाई पछ्याउने गर्छन् । आफ्नो सन्तानलाई बचाउन आफ्नै प्राणसमेत दिएका बुबा-आमाका घटनाहरू मिडियामा प्रायः आइरहन्छ । गर्भमा रहेको आफ्नो बच्चालाई बचाउन केमोथेरापी गर्न इन्कार गरी मृत्यु भोगेकी एक आमा ![४][५][६] खसेको केबल-कारमा छोरालाई अँगालोमा च्यापेर बचाएका एक बुबा ! ट्रक हुँइकिएर आएको बेला कुदेर गई आफ्नो बच्चालाई ठेलेर आफूचाहिँ त्यसमा होम्मिएकी एक आमा !  चाहे जुनसुकै उमेर र क्षेत्र होस्, परिवारचाहिँ प्रेममा बसालिएको जीवनको गुँड हो ।

“ मानिसको सबैभन्दा प्रभावशाली र महान् सद्गुण उत्पन्न हुने, बलियो हुने र सधैँ कायम रहने ठाउँ नै परिवार र घर हो भन्ने कुरामा कुनै शङ्का छैन ।


(विन्स्टन चर्चिल)

“

स्वर्गीय परिवार र पार्थिव परिवारबीचको सम्बन्ध

परिवारचाहिँ परमेश्वरले सृजनुभएको प्रेमको समुदाय हो, जहाँ परिवारजनहरू एक-अर्कालाई प्रेम गर्दै शान्तिमा रहेको परमेश्वर चाहनुहुन्छ ।[७][८] प्रेमद्वारा बाँधिएको पार्थिव परिवार छाया हो, र वास्तविकताचाहिँ स्वर्गीय परिवार हो । परमेश्वरले मोशालाई पवित्रस्थान बनाउन लगाउनुहुँदा, उहाँले सीनै पर्वतमा स्वर्गीय पवित्रस्थान देखाइदिनुभयो र त्यसको नमूनाबमोजिम बनाउन भन्नुभयो ।[९] यसलाई उल्लेख गर्दै प्रेरित पावलले, पृथ्वीका थोकहरूचाहिँ स्वर्गका थोकहरूका नकल र छाया हुन् भनी वर्णन गरे ।


तिनीहरूले स्वर्गीय पवित्रस्थानको नकल र छायाको सेवा गर्दछन्, किनकि मोशाले पवित्र वासस्थान बनाउन लाग्दा परमेश्वरको यस्तो आदेश पाएका थिए, “पर्वतमा तिमीलाई देखाइदिएको नमूनाबमोजिम तिमीले सब थोक बनाउनू ।”

हिब्रू ८:५


नकल र छायाको भूमिका भनेको मानिसहरूलाई त्यसको वास्तविकता थाहा दिनु हो । हामीले ग्लोबको नमूनाद्वारा पृथ्वीलाई एकै नजरमा हेर्न सक्छौं । त्यसै गरी हातको छायाद्वारा हामीले हातको आकार अनुमान गर्न सक्छौं । परमेश्वरले यो पृथ्वीमा स्वर्गीय थोकहरूको नकल र छाया बनाइदिनुको कारणचाहिँ त्योद्वारा हामीलाई स्वर्गको सिद्धान्त थाहा दिनको निम्ति हो । परमेश्वरले मोशालाई पवित्रस्थान बनाउन लगाउनु मात्र भएन तर स्वर्गीय राज्यको विषयमा थाहा दिन यो पृथ्वीमा धेरै कुराहरू सृष्टि गर्नुभयो ।[१०][११] जसमध्येको एक नै परिवारिक प्रणाली हो । समाजको सानो एकाइ परिवारचाहिँ परमेश्वरले पहिलो मानिस रहेका आदम र हव्वालाई सृष्टि गर्नुभएर तिनीहरूलाई दम्पतीको रूपमा सँगै राख्नुभएपछि बल्ल सुरु भएको हो ।[१२][१३] “फल्दै-फुल्दै र वृद्धि हुँदैजाओ” भन्ने परमेश्वरको वचनअनुसार आदम र हव्वाले सन्तान जन्माएर परिवार निर्माण गरे । परमेश्वरले मानव-जातिद्वारा निर्माण गर्नुभएको पार्थिव परिवारद्वारा हामीले स्वर्गीय परिवारको बारेमा बुझ्न सक्छौं ।

स्वर्गीय परिवारका सदस्यहरू

छायाको रूपमा रहेको पार्थिव परिवारद्वारा हामीले स्वर्गीय परिवारका सदस्यहरू को-को हुन् भन्ने कुरा जान्न सक्छौं । सामान्यतया परिवारमा बुबा, आमा र सन्तान हुन्छन् ।[१४] पार्थिव परिवारको वास्तविकता रहेको स्वर्गीय परिवार पनि उस्तै नै हो ।

बुबा

शब्दकोशमा बुबा भन्ने शब्दलाई, सन्तानलाई जन्म दिने पुरुष, अथवा सन्तानले आफूलाई बोलाउने सम्बोधन भनेर परिभाषित गरिएको छ ।[१५] नयाँ करार बाइबलमा परमेश्वरलाई हाम्रा पिता भनेर सम्बोधन गरिएको छ ।


यसबाहेक हामीलाई ताडना दिने हाम्रा शारीरिक बुबा थिए, र हामीले तिनको आदर गऱ्यौं । के झन् बढी हाम्रा आत्माका पिताको अधीनमा बसेर हामीले जीवन प्राप्त गर्दैनौं र ?

हिब्रू १२:९


यो पृथ्वीमा जन्मेका जो कोहीका पनि बुबा हुन्छन् । हामीले शारीरिक बुबाको आदर गर्नुपरेजस्तै आत्माका पिताको पनि आदर गर्नुपर्छ भनेर बाइबलले शिक्षा दिएको छ । यसले हाम्रा शारीरिक बुबा मात्र होइनकि आत्माका पिता पनि हुनुहुन्छ भन्ने कुरा देखाउँछ । हाम्रा आत्माका पिताचाहिँ मानव-जातिमा जीवनको सास(आत्मा) फुकिदिनुभएका परमेश्वर हुनुहुन्छ ।[१६] शरीरमा जन्माउनुभएका व्यक्तिलाई बुबा भनिएजस्तै, आत्मालाई अस्तित्वमा ल्याउनुभएका परमेश्वरलाई पिता भनेर पुकारिन्छ । येशूज्यूले आफ्ना चेलाहरूलाई परमेश्वर हाम्रा पिता हुनुहुन्छ भनी सिकाउनुभयो ।


“तर तिमीहरूचाहिँ यस किसिमले प्रार्थना गर: ‘हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ, तपाईंको नाउँ पवित्र होस् ...’ ”

मत्ती ६:९


येशूज्यूले सिकाउनुभएको प्रभुको प्रार्थनाचाहिँ “हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ”बाट सुरु हुन्छ । यहाँ ‘स्वर्गमा हुनुहुने पिता’ले परमेश्वरलाई जनाउँछ ।[१७] त्यस बेला इस्राएलीहरू र परमेश्वरबीच राजा र प्रजा, अनि मालिक र दासको बलियो सम्बन्ध स्थापना भइसकेको थियो ।[१८][१९] तैपनि येशूज्यू आउनुभएर परमेश्वर हाम्रा पिता हुनुहुन्छ भनेर शिक्षा दिनुभयो । परमेश्वर हाम्रा पिता हुनुहुन्छ भन्ने येशूज्यूको शिक्षाले स्वर्गमा पनि परिवार छ भन्ने कुरा जानकारी दिन्छ । किनकि बुबा भन्ने शब्दचाहिँ केवल घरमा प्रयोग गरिन्छ । यो पृथ्वीमा परिवारिक प्रणाली भएजस्तै स्वर्गमा पनि परिवारिक प्रणाली छ । यसै गरी, पार्थिव परिवारमा बुबा हुनुभएजस्तै स्वर्गीय परिवारमा पनि पिता परमेश्वर हुनुहुन्छ ।

सन्तानहरू (दाजुभाइ-दिदीबहिनीहरू)

बुबा भन्ने शब्दले अनिवार्य सन्तान पनि छ भन्ने कुरा बुझाउँछ । सन्तान नभएको पुरुषलाई बुबा भन्न मिल्दैन । परमेश्वरका पनि सन्तान भएकाले उहाँलाई पिता भनिएको हो ।


“म तिमीहरूका पिता हुनेछु, र तिमीहरू मेरा छोरा-छोरीहरू हुनेछौ, सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ ।”

२ कोरिन्थी ६:१७-१८


परमेश्वरचाहिँ मुक्ति पाउनेहरूका पिता हुनुहुन्छ, र तिनीहरू उहाँका छोरा-छोरीहरू हुन् । त्यसै गरी मुक्ति पाउने सन्तहरू आपसमा दाजुभाइ-दिदीबहिनीहरू हुन् । पार्थिव परिवारमा बुबा र सन्तान भएजस्तै स्वर्गीय परिवारमा पनि पिता परमेश्वर र सन्तानहरू हुनुहुन्छ ।

आमा

आमाचाहिँ परिवारको मेरुदण्ड हो । आमा छैन भने सन्तान जन्मन सक्दैन र सन्तान छैन भने कुनै पनि पुरुष बुबा बन्न सक्दैन । पार्थिव परिवारमा रहेको आमाको अस्तित्वले, वास्तविकता रहेको स्वर्गीय परिवारमा पनि आमा हुनुहुन्छ भन्ने कुरा देखाउँछ ।


तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् ।

गलाती ४:२६


यहाँ ‘माथि’ले स्वर्ग अर्थात् स्वर्गको राज्यलाई जनाउँछ र ‘हाम्री’ले चाहिँ मुक्ति पाउने सन्तानहरूलाई जनाउँछ । मुक्ति पाउने परमेश्वरका प्रजाहरूचाहिँ स्वर्गीय परिवारका सदस्य हुनुका साथै पिता परमेश्वर र माता परमेश्वरका सन्तान हुन् । जसरी आमाको निर्णायक भूमिकाद्वारा सन्तानले जीवन पाउँछ, त्यसरी नै स्वर्गीय सन्तानहरूले पनि माता परमेश्वरद्वारा अनन्त जीवन प्राप्त गर्छन् । यसकारण जब हामी पिता परमेश्वरको साथै माता परमेश्वरलाई पनि विश्वास गर्छौं तब हामी गलाती ४:२६मा उल्लेखित ‘हामी’ भन्ने समूहमा परेर मुक्ति पाउन सक्छौं । परमेश्वरले मानिसलाई सृष्टि गर्नुभएको दृश्यद्वारा हामीले माता परमेश्वर हुनुहुन्छ भन्ने कुरा जान्न सक्छौं ।


अनि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं । तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून् ।” यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो ।

उत्पत्ति १:२६-२७


परमेश्वरले मानिसलाई सृष्टि गर्नुहुँदा, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं” भन्नुभयो । परिणामस्वरूप नर र नारी सृष्टि भए । यसले नर स्वरूपका ‘पिता परमेश्वर’ र नारी स्वरूपकी ‘माता परमेश्वर’ हुनुहुन्छ भन्ने कुरा देखाउँछ । यस पार्थिव परिवारमा छोरा-छोरीहरूका बुबा-आमा हुन्छन् र उनीहरू बुबा-आमाको स्वरूपमा जन्मन्छन् । त्योजस्तै परमेश्वरका सन्तानहरूका पनि पिता र माता हुनुहुन्छ ।

निस्तार-चाडद्वारा गाँसिएको रगतको सम्बन्ध

परमेश्वरका सन्तानहरू निस्तार-चाडद्वारा स्वर्गीय परिवारको हिस्सा भई स्वर्गीय पिता र माताबाट अनन्त जीवन प्राप्त गर्छन् ।
परमेश्वरका सन्तानहरू निस्तार-चाडद्वारा स्वर्गीय परिवारको हिस्सा भई स्वर्गीय पिता र माताबाट अनन्त जीवन प्राप्त गर्छन् ।

परिवारचाहिँ रगतद्वारा गाँसिएको हुन्छ । मानिसको जीवनमा अरूहरूसँग गाँसिने विभिन्न सम्बन्धमध्ये परिवारचाहिँ रगतले गाँसिने भएकोले अन्य मानवीय सम्बन्धहरूभन्दा यो फरक छ । “पानीभन्दा रगत अलि बाक्लो हुन्छ” भनिएजस्तै अन्य सम्बन्धहरूभन्दा पारिवारिक सम्बन्ध अझ प्रगाढ हुन्छ । यो उखान धेरै भाषाहरूमा देख्न सकिन्छ ।[२०] छायाको रूपमा रहेको पार्थिव परिवारका सन्तानहरूमा बुबा-आमाको रगतको उत्तराधिकार भएजस्तै स्वर्गीय परिवारका सन्तानहरूमा पनि परमेश्वरको रगतको उत्तराधिकार हुनुपर्छ ।


येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन । मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ ...”

यूहन्ना ६:५३-५४


ख्रीष्टको देह खानु र रगत पिउनु भनेको परमेश्वरको रगत ग्रहण गर्नु हो । अनन्तकाल जिउनुहुने परमेश्वरको रगत ग्रहण गरेपछि, हामीहरू परमेश्वरका सन्तान हुन्छौं र अनन्तकाल जिउन सक्नेछौं । येशूज्यूले हामीलाई उहाँको देह खान र रगत पिउन सकिने विधिस्वरूप नयाँ करार निस्तार-चाड मान्न आदेश गर्नुभयो ।


तब येशूको आदेशअनुसार चेलाहरूले गरे र तिनीहरूले निस्तार-चाडको प्रबन्ध मिलाए । ... तिनीहरूले भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो र भन्नुभयो, “लेओ, खाओ, यो मेरो शरीर हो ।” तब कचौरा पनि लिएर धन्यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ । किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ ।”

मत्ती २६:१९, २६-२८


चेलाहरूसँग निस्तार-चाड मान्ने क्रममा येशूज्यूले तिनीहरूलाई रोटी दिनुहुँदै “यो मेरो शरीर हो” भन्नुभयो, अनि दाखमद्य दिनुहुँदै “यो मेरो रगत हो” भन्नुभयो । सन्तानहरूको मुक्तिको निम्ति क्रूसमा छेडिनुभएर रगत बगाउनुभएका परमेश्वरको प्रेम र बलिदान निस्तार-चाडमा समावेश छ । यस्तो महान् प्रेमलाई हृदयमा खोपेर साँचो विश्वासद्वारा निस्तार-चाडमा सहभागी हुनेहरूले परमेश्वरको रगत ग्रहण गर्न, स्वर्गीय परिवारको हिस्सा बन्न र अनन्त जीवन प्राप्त गर्न सक्नेछन् । परमेश्वरलाई ‘पिता’ भनेर मुखले पुकार्दैमा हामी परमेश्वरका सन्तान हुन सक्दैनौं । नयाँ करार निस्तार-चाड मानेमा[२१] परमेश्वर र हामीबीच रगतको सम्बन्ध गाँसिन्छ । हामीहरू परमेश्वरको रगत ग्रहण गरेका परमेश्वरका सन्तान हौं भन्ने कुराको स्पष्ट प्रमाण नै निस्तार-चाड हो । “तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्यस्तै प्रेम गर”[२२] भन्ने वचनजस्तै, निस्तार-चाडद्वारा परमेश्वरको प्रेमलाई बुझेका सन्तानहरूले मात्र एक-अर्कालाई एउटै शरीरझैँ प्रेम गर्न सक्छन् । यसरी प्रेरित पावलले, निस्तार-चाडको रोटीमा सहभागी भएका सन्तहरू ख्रीष्टसँग एउटै शरीर हुनुका साथै सबै जना एउटै शरीर बन्दछन् भनेका छन् ।[२३] निस्तार-चाड मानेर हामीहरू परमेश्वरमा एउटै परिवार बन्दछौं र एकले अर्कालाई आफ्नै शरीरलाई झैँ प्रेम गर्न पुग्छौं । छायाको रूपमा रहेको पार्थिव परिवार जस्तै, स्वर्गीय परिवार पनि प्रेमको समुदाय हो ।

परमेश्वरको उत्तराधिकारीको महिमा

बाइबलले परमेश्वरका सन्तानहरूचाहिँ राजाहरूका राजा हुनुभएका परमेश्वरका उत्तराधिकारी हुन्, र हामीले परमेश्वरका उत्तराधिकारीको रूपमा लिनुपर्ने मनोवृत्तिको बारेमा सिकाएको छ ।


त्योचाहिँ हामी परमेश्वरका सन्तान हौं भनी पवित्र आत्माले हाम्रो आत्मासँग गवाही दिनुभएको हो । र सन्तान हौं भनेता उत्तराधिकारी पनि हौं, परमेश्वरका उत्तराधिकारी र ख्रीष्टसँग साझे-उत्तराधिकारी । उहाँसँग दुःख भोग्छौं भनेता हामी उहाँसँगै महिमित पनि हुनेछौं । म विचार गर्दछु, कि हामीमा जुन महिमा प्रकट गरिनेछ, त्यससँग वर्तमान समयका कष्टहरू तुलना गर्न योग्य छैनन् ।

रोमी ८:१६-१८


परमेश्वरका उत्तराधिकारीहरूले स्वर्गमा सदासर्वदा राज्य गर्नेछन् ।[२४] परमेश्वरले आफ्ना सन्तानहरूका निम्ति तयार पारिदिनुभएको स्वर्गीय राज्यलाई ‘आँखाले नदेखेका र कानले नसुनेका र मानिसले मनमा नसोचेका कुरा’ भनेर वर्णन गरिएको छ ।[२५] तर त्यो महिमाचाहिँ कष्टपछि मात्र आउँछ । “मुकुट लगाउन चाहनेले त्यसको भार धान्न सक्नुपर्छ”[२६] भन्ने भनाइजस्तै जुनसुकै युग अथवा देश होस्, राजपरिवारका सन्तानहरूलाई दिइने तालीम कडा हुन्छ ।[२७] हुन त उनीहरूको शैक्षिक प्रक्रिया अलि कष्टकर त हुन्छ तर ज्ञान र गुणले निपुण भएका राजा बन्नलाई त्यो अत्यावश्यक छ । परमेश्वरका उत्तराधिकारीहरूले पनि जीवनको मुकुट प्राप्त गर्न यो पृथ्वीमा कठिनाइहरू भोग्नुपर्छ ।[२८] उनीहरूले स्वर्गमा उपभोग गर्ने महिमाको तुलनामा वर्तमान कष्ट केही पनि होइन । परमेश्वरका सन्तानहरू स्वर्गका हुन्, र उनीहरूमा स्वर्गदूतको जस्तै आत्मिक शरीर छ ।[२९] यो संसारमा शरीरमा भएकाले उनीहरू कोही छोरा-छोरीको रूपमा त कोही बुबा-आमाको रूपमा छन् । तर यो संसारबाट बिदा भएर परमेश्वरको सामु उभिँदा उनीहरू सबै जना परमेश्वरका सन्तानको रूपमा जिउनेछन् । स्वर्गका उत्तराधिकारीहरूले स्वर्गीय पिता र स्वर्गीय माता[३०]भित्र रहेर आपसमा भातृप्रेम कायम राख्दै, ब्रह्माण्डमा भएका प्रत्येक ताराहरूको भ्रमण गर्नेछन् ।[३१]

यो पनि हेर्नुहोस्

बाह्य कडीहरू

सम्बन्धित भिडियो

  • प्रवचन : बाइबलले गवाही दिएको स्वर्गीय परिवार र पार्थिव परिवार

सन्दर्भ सामग्रीहरू

  1. ↑ "हार्वर्ड विश्वविद्यालयले गरेको, 'वयस्क जीवनको सबैभन्दा लामो अध्ययन'ले, तपाईं कसरी खुशी र सफल बन्न सक्नुहुन्छ भन्ने कुरा देखाएको छ"। CNBC। अक्टोबर ३१, २०१७। 
  2. ↑ "Stickleback"। Britannica। 
  3. ↑ "पेन्गुइन र त्यसका बचेराहरू :अद्भुत बुबा-आमा"। Penguins International। अगस्ट १४, २०१९। 
  4. ↑ "आफ्नो बच्चाको जीवन बचाउन ओक्लाहोमाकी एक जना क्यान्सर पीडितले आफ्नो प्राण बेच्छिन्"। THE OKLAHOMAN। अक्टोबर १६, २०११। 
  5. ↑ "एतान बाइरन : हिरासत युद्धको केन्द्रमा भएको केबलकार दुर्घटनामा परेर बाँचेका यात्री"। Support the Guardian। सेप्टेम्बर १७, २०२१। 
  6. ↑ "सन् २०१३मा मातृप्रेमको हृदयविदारक कहानी, बौद्धिक अपाङ्गता भएकी छोरीलाई ट्रकको किचाइबाट बचाउन आफू होम्मिएकी आमा"। Busan Ilbo। मे ८, २०१३। 
  7. ↑ "एफिसी ५:२२-२५"। 
  8. ↑ "एफिसी ६:१-४"। 
  9. ↑ "प्रस्थान २५:४०"। 
  10. ↑ "रोमी १:२०"। 
  11. ↑ "प्रकाश ४:११"। 
  12. ↑ "उत्पत्ति १:२७-२८"। 
  13. ↑ "उत्पत्ति २:१८"। 
  14. ↑ "आणविक परिवारको अर्थ :आणविक परिवार भनेको के हो र यसलाई किन आणविक परिवार भनिएको हो ?"। Marca। मार्च २४, २०२२। 
  15. ↑ "पिता"। Merriam-Webster Dictionary। 
  16. ↑ "उत्पत्ति २:७"। 
  17. ↑ "मत्ती ६:८"। 
  18. ↑ "प्रस्थान ४:१०"। 
  19. ↑ "भजनसंग्रह ४७:२"। 
  20. ↑ "पानीभन्दा रगत अझ बाक्लो हुन्छ"। Cambridge Dictionary। 
  21. ↑ "लूका २२:१९-२०"। 
  22. ↑ "यूहन्ना १३:३४"। 
  23. ↑ "१ कोरिन्थी १०:१६-१७"। 
  24. ↑ "प्रकाश २२:५"। 
  25. ↑ "१ कोरिन्थी २:९"। 
  26. ↑ मुकुट लगाउने शिर, पेज ६०, हेन्री चौथो, भाग २, विलियम सेक्सपियर, जर्ज स्टिभन्स
  27. ↑ "जोसन राजवंशका उत्तराधिकारीहरूको शिक्षण"। The JoongAng। मे ६, २०१८। 
  28. ↑ "प्रकाश २:१०"। 
  29. ↑ "१ कोरिन्थी १५:४९"। 
  30. ↑ "मत्ती २३:८-९"। 
  31. ↑ Ahnsahnghong (जनवरी १, २०११), "अध्याय १८ परमेश्वरको जीवित सासद्वारा आत्मा बनिएको, अध्याय २२ कस्तो शरीरमा पुनरुत्थान हुन्छौं होला ? स्वर्गदूतको संसारबाट आएका पाहुनाहरू, मल्कीसेदेक प्रकाशन कम्पनी लिमिटेड, सन् २०११ जनवरी १", Melchizedek Pub. Co., Ltd