येशूज्यूसम्बन्धी बाइबलको अगमवाणी: संशोधनहरू बीचको भिन्नता

परमेश्वरको मण्डली विश्वकोशबाट
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
 
(२ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको ५ अवतरण देखाइएन)
पङ्क्ति १: पङ्क्ति १:
{{그림 |예수님의 예루살렘 입성.jpg |너비= 300px |정렬=오른쪽섬네일 |타이틀=पुरानो करार बाइबलको अगमवाणीअनुसार येशूज्यू बछेडामाथि सवार भएर यरूशलेममा प्रवेश गर्नुभएको दृश्य}}
<!-- interlanguage:start -->[[ko:예수님에 대한 성경 예언]][[en:Prophecies About Jesus in the Bible]][[vi:Lời tiên tri Kinh Thánh về Đức Chúa Jêsus]][[es:Profecías sobre Jesús en la Biblia]][[pt:Profecias sobre Jesus na Bíblia]]<!-- interlanguage:end --><!-- interlanguage:start -->[[ko:예수님에 대한 성경 예언]][[en:Prophecies About Jesus in the Bible]][[vi:Lời tiên tri Kinh Thánh về Đức Chúa Jêsus]][[es:Profecías sobre Jesús en la Biblia]][[pt:Profecias sobre Jesus na Bíblia]]<!-- interlanguage:end --><!-- interlanguage:start -->[[ko:예수님에 대한 성경 예언]][[en:Prophecies About Jesus in the Bible]][[vi:Lời tiên tri Kinh Thánh về Đức Chúa Jêsus]][[es:Profecías sobre Jesús en la Biblia]][[pt:Profecias sobre Jesus na Bíblia]]<!-- interlanguage:end -->{{그림 |예수님의 예루살렘 입성.jpg |너비= 300px |정렬=오른쪽섬네일 |타이틀=पुरानो करार बाइबलको अगमवाणीअनुसार येशूज्यू बछेडामाथि सवार भएर यरूशलेममा प्रवेश गर्नुभएको दृश्य}}
'''येशूज्यूसम्बन्धी बाइबलका अगमवाणीहरू'''चाहिँ भविष्यमा [[ख्रीष्ट]]ले गर्नुहुने कार्यका अभिलेख हुनुका साथै [[शरीरमा आउनुभएका परमेश्वर(देह धारण)|शरीरमा आउनुभएका परमेश्वर]]लाई मुक्तिदाताको रूपमा चिनाउने गवाहीहरू हुन् ।<ref name="너희가 성경에서">{{Cite web |title=यूहन्ना ५:३९ |url=https://www.bible.com/bible/1483/JHN.5.NNRV |publisher= |quote=}}</ref> येशूज्यूको जन्म हुनुभन्दा अगाडि लेखिएको पुरानो करार बाइबलमा ख्रीष्टको विषयमा गवाही दिने अगमवाणीहरू धेरै थिए, तर ‘येशू’ भन्ने नाउँचाहिँ एक चोटि पनि उल्लेख गरिएको पाइँदैन । तापनि पुरानो करार बाइबलमा लेखिएका सम्पूर्ण अगमवाणीहरू पूरा गर्नुभएका व्यक्तिचाहिँ निश्चित रूपमा येशूज्यू नै हुनुहुन्छ । किनभने येशूज्यूको जन्म, सेवाकार्य र क्रूसीकरणबारे पुरानो करार बाइबलमा अगमवाणी गरिएको थियो र त्यसको पूर्णताबारे चाहिँ नयाँ करार बाइबलमा लेखिएको छ । मुक्तिदाता येशूज्यू र उहाँलाई पछ्याएका प्रेरितहरूले पनि बाइबलद्वारा नै ख्रीष्टको विषयमा गवाही दिए ।
'''येशूज्यूसम्बन्धी बाइबलका अगमवाणीहरू'''चाहिँ भविष्यमा [[ख्रीष्ट]]ले गर्नुहुने कार्यका अभिलेख हुनुका साथै [[शरीरमा आउनुभएका परमेश्वर(देह धारण)|शरीरमा आउनुभएका परमेश्वर]]लाई मुक्तिदाताको रूपमा चिनाउने गवाहीहरू हुन् ।<ref name="너희가 성경에서">{{Cite web |title=यूहन्ना ५:३९ |url=https://www.bible.com/bible/1483/JHN.5.NNRV |publisher= |quote=}}</ref> येशूज्यूको जन्म हुनुभन्दा अगाडि लेखिएको पुरानो करार बाइबलमा ख्रीष्टको विषयमा गवाही दिने अगमवाणीहरू धेरै थिए, तर ‘येशू’ भन्ने नाउँचाहिँ एक चोटि पनि उल्लेख गरिएको पाइँदैन । तापनि पुरानो करार बाइबलमा लेखिएका सम्पूर्ण अगमवाणीहरू पूरा गर्नुभएका व्यक्तिचाहिँ निश्चित रूपमा येशूज्यू नै हुनुहुन्छ । किनभने येशूज्यूको जन्म, सेवाकार्य र क्रूसीकरणबारे पुरानो करार बाइबलमा अगमवाणी गरिएको थियो र त्यसको पूर्णताबारे चाहिँ नयाँ करार बाइबलमा लेखिएको छ । मुक्तिदाता येशूज्यू र उहाँलाई पछ्याएका प्रेरितहरूले पनि बाइबलद्वारा नै ख्रीष्टको विषयमा गवाही दिए ।


पङ्क्ति ४२: पङ्क्ति ४२:
| style="text-align: center" |[[दाऊद|राजा दाऊद]]|| बालकको रूपमा जन्मनुहुने [[पिता परमेश्वर]]ले दाऊदको सिंहासनमा राज्य गर्नुहुनेछ । || [https://www.bible.com/bible/1483/ISA.9.NNRV यशै ९:६-७]|| [https://www.bible.com/bible/1483/LUK.1.NNRV लूका १:३१-३२]
| style="text-align: center" |[[दाऊद|राजा दाऊद]]|| बालकको रूपमा जन्मनुहुने [[पिता परमेश्वर]]ले दाऊदको सिंहासनमा राज्य गर्नुहुनेछ । || [https://www.bible.com/bible/1483/ISA.9.NNRV यशै ९:६-७]|| [https://www.bible.com/bible/1483/LUK.1.NNRV लूका १:३१-३२]
|-
|-
| style="text-align: center" |[[नयाँ करार]]|| परमेश्वरले नयाँ करार स्थापना गर्नुभएर आफ्ना प्रजाहरूको पाप-क्षमा गरिदिनुहुनेछ । || [https://www.bible.com/bible/1483/JER.31.NNRV यर ३१:३१-३४]|| [https://www.bible.com/bible/1483/LUK.22.NNRV लूका २२:१९-२०]
| style="text-align: center" |[[नयाँ करार]]|| परमेश्वरले नयाँ करार स्थापना गर्नुभएर आफ्ना प्रजाहरूको पाप क्षमा गरिदिनुहुनेछ । || [https://www.bible.com/bible/1483/JER.31.NNRV यर ३१:३१-३४]|| [https://www.bible.com/bible/1483/LUK.22.NNRV लूका २२:१९-२०]
|-
|-
| style="text-align: center" |[[क्रूसको कष्ट]]|| ख्रीष्ट, मानव-जातिका पापको निम्ति दोषबलिको रूपमा बलि हुनुहुनेछ । || [https://www.bible.com/bible/1483/ISA.53.NNRV यशै ५३:१-५]; [https://www.bible.com/bible/1483/PSA.22.NNRV भज २२:१-१८]|| [https://www.bible.com/bible/1483/MAT.27.NNRV मत्ती २७:२६-३१]; [https://www.bible.com/bible/1483/JHN.19.NNRV यूह १९:३४]
| style="text-align: center" |[[क्रूसको कष्ट]]|| ख्रीष्ट, मानव-जातिका पापको निम्ति दोषबलिको रूपमा बलि हुनुहुनेछ । || [https://www.bible.com/bible/1483/ISA.53.NNRV यशै ५३:१-५]; [https://www.bible.com/bible/1483/PSA.22.NNRV भज २२:१-१८]|| [https://www.bible.com/bible/1483/MAT.27.NNRV मत्ती २७:२६-३१]; [https://www.bible.com/bible/1483/JHN.19.NNRV यूह १९:३४]

०९:५९, ७ नोभेम्बर २०२५को रुपमा हालको पुनरावलोकनहरू

पुरानो करार बाइबलको अगमवाणीअनुसार येशूज्यू बछेडामाथि सवार भएर यरूशलेममा प्रवेश गर्नुभएको दृश्य
पुरानो करार बाइबलको अगमवाणीअनुसार येशूज्यू बछेडामाथि सवार भएर यरूशलेममा प्रवेश गर्नुभएको दृश्य

येशूज्यूसम्बन्धी बाइबलका अगमवाणीहरूचाहिँ भविष्यमा ख्रीष्टले गर्नुहुने कार्यका अभिलेख हुनुका साथै शरीरमा आउनुभएका परमेश्वरलाई मुक्तिदाताको रूपमा चिनाउने गवाहीहरू हुन् ।[] येशूज्यूको जन्म हुनुभन्दा अगाडि लेखिएको पुरानो करार बाइबलमा ख्रीष्टको विषयमा गवाही दिने अगमवाणीहरू धेरै थिए, तर ‘येशू’ भन्ने नाउँचाहिँ एक चोटि पनि उल्लेख गरिएको पाइँदैन । तापनि पुरानो करार बाइबलमा लेखिएका सम्पूर्ण अगमवाणीहरू पूरा गर्नुभएका व्यक्तिचाहिँ निश्चित रूपमा येशूज्यू नै हुनुहुन्छ । किनभने येशूज्यूको जन्म, सेवाकार्य र क्रूसीकरणबारे पुरानो करार बाइबलमा अगमवाणी गरिएको थियो र त्यसको पूर्णताबारे चाहिँ नयाँ करार बाइबलमा लेखिएको छ । मुक्तिदाता येशूज्यू र उहाँलाई पछ्याएका प्रेरितहरूले पनि बाइबलद्वारा नै ख्रीष्टको विषयमा गवाही दिए ।

बाइबलमा ख्रीष्टको विषयमा अगमवाणी

येशूज्यूले, बाइबलले मुक्तिदाताको विषयमा गवाही दिएको छ भन्नुभयो ।[] येशूज्यूको समयमा नयाँ करार अस्तित्वमा आएको थिएन । त्यस बेला प्रयोग गर्ने गरिएको धर्मशास्त्र भनेको पुरानो करार बाइबलल मात्र थियो । येशूज्यू मुक्तिदाताको रूपमा आउनुहुने कुरा पुरानो करार बाइबलमा अगमवाणी गरिएको थियो । तीमध्ये यशैयाको पुस्तकमा, यहोवा परमेश्वर शरीर धारण गरेर यो पृथ्वीमा मुक्तिदाताको रूपमा आउनुहुने कुरा अगमवाणी गरिएको थियो र त्यो अगमवाणी येशूज्यूले पूरा गर्नुभयो ।[][]

  • पुत्रको रूपमा आउनुभएका पिता परमेश्वर

बालकको रूपमा जन्मनुभएका येशूज्यूचाहिँ पिता परमेश्वर हुनुहुन्छ भनेर यशैया अगमवक्ताले प्रष्टसँग गवाही दिएका छन् ।

किनभने हाम्रा निम्ति एक जना बालकको जन्म भएको छ । हाम्रा निम्ति एक जना छोरो दिइएको छ । शासन उहाँको काँधमा हुनेछ । उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनुहुनेछ ।

यशैया ९:६


पुरानो करारको समयमा केवल यहोवालाई ‘पिता’ भनेर पुकार्ने गरिन्थ्यो ।[][] माथिको अगमवाणीले, पिता यहोवा परमेश्वर एक जना बालक, एक जना छोराको रूपमा आउनुहुनेछ र उहाँ नै पुत्र येशूज्यू हुनुहुन्छ भन्ने अर्थ बोकेको छ ।

  • इम्मानुएलको अगमवाणी पूरा गर्नुभएका येशूज्यू

कन्याले गर्भधारण गर्नेछिन् र एक जना छोरा जन्माउनेछिन्, जसको नाउँ इम्मानुएल राखिनेछ भनेर पुरानो करार बाइबलमा अगमवाणी गरिएको थियो ।[] इम्मानुएलको अर्थ ‘परमेश्वर हामीहरूसँग’ हो । यहाँ ‘परमेश्वर’ले यहोवालाई जनाउँछ । यशैयाले यहोवा परमेश्वरबाहेक अरू कुनै देवता छैन भनेर दृढतापूर्वक गवाही दिएकाले ‘इम्मानुएल’ भन्ने शब्द यशैयाको पुस्तकमा उद्धृत गरिएको हो ।[][] सीधै भन्नुपर्दा, इम्मानुएल भनेको यहोवा परमेश्वर शरीरमा आउनुभएर आफ्ना प्रजाहरूसँग वास गर्नुहुन्छ भन्ने अर्थ हो । यो अगमवाणी येशूज्यूद्वारा पूरा भयो ।[]

येशू ख्रीष्टको जन्म यस प्रकारले भयो: उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा भयो ... “र तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ ।” ... “हेर, कन्याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्माउनेछिन्, र उहाँको नाउँ इम्मानुएल राखिनेछ,” जसको अर्थ हो, “परमेश्वर हामीहरूसँग ।”

मत्ती १:१८-२३


चेलाहरूका सामु देखा पर्नुभएका येशूज्यू, विलियम होल (सन् १८४६ – १९१७)

येशूज्यू सम्बन्धी अगमवाणी र त्यसको पूर्णता

केवल येशूज्यूको नाउँद्वारा चाहिँ, उहाँ नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा प्रमाणित गर्न सकिँदैन । पुत्रको युगमा देखा पर्नुहुने मुक्तिदाताको विषयमा पुरानो करार बाइबलमा थुप्रै अगमवाणीहरू थिए, तर मुक्तिदाताको नाउँ येशू चाहिँ कतै पनि उल्लेख गरिएको थिएन । यदि येशू नाउँ पुरानो करार बाइबलमा लेखिएको थियो भने पनि उहाँलाई नामबाट मात्र चाहिँ ख्रीष्ट भनेर चिन्न गाह्रो हुनेथियो । किनभने त्यो नाउँचाहिँ त्यस बेला यहूदीहरूमाझ एउटा साधारण नाउँ थियो ।[१०] सबैभन्दा विश्वासयोग्य प्रमाण भनेको बाइबलको अगमवाणी पूरा गर्ने येशूज्यूका कार्यहरू हुन् । पुरानो करार बाइबलमा, येशूज्यूको जन्मदेखि क्रूसको कष्टसम्म असंख्य अगमवाणीहरू लेखिएका छन् । बाइबलमा येशूज्यू सम्बन्धी मुख्य अगमवाणीहरू निम्नानुसार छन् ।

मुख्य अगमवाणी र पूर्णता
घटना अगमवाणी बाइबलीय पद (अगमवाणी) बाइबलीय पद (पूर्णता)
जन्म कन्याले गर्भधारण गर्नेछिन्, र एक जना पुत्र(इम्मानुएल) जन्माउनेछिन् यशै ७:१४ मत्ती १:१८-२३
जन्म स्थान बेथलेहेमबाट एक जना शासक निस्कनुहुनेछ, जसको सुरु पुरानो समयदेखि, अर्थात् प्राचीनकालदेखि नै छ । मीका ५:२ मत्ती २:१-६
परमेश्वरको बाटो तयार गर्दै परमेश्वरका समाचारवाहकले, यो पृथ्वीमा आउनुहुने परमेश्वरको निम्ति बाटो तयार गर्नेछन् । मला ३:१; यशै ४०:३; यशै ४०:१०-११ मत्ती ३:१-३; मत्ती ११:१०-११
प्रचार क्षेत्र सङ्कष्टमा परेको गालील(जबुलून, नप्ताली)मा ठूलो ज्योति उदाउनेछ । यशै ९:१-२ मत्ती ४:१२-१६
कुने-ढुङ्गो र

ठेस खान लगाउने ढुङ्गो

ख्रीष्ट सियोनको कुने-ढुङ्गो हुनुहुन्छ, र निर्माताहरूले इन्कार गरेको बहुमूल्य कुने-ढुङ्गो हुनुहुन्छ । यशै २८:१६; यशै ८:१३-१५; भज ११८:२२ १ पत्र २:४-८
यरूशलेम प्रवेश इस्राएलका राजा एउटा बछेडामाथि सवार भएर यरूशलेममा आउनुहुनेछ । जक ९:९ मत्ती २१:२-११; यूह १२:१२-१६
मोशाजस्तै अगमवक्ता परमेश्वरले मोशाजस्तै अगमवक्ता खडा गर्नुहुनेछ । व्य १८:१८-१९ प्रे ३:२२-२४
मल्कीसेदेक ख्रीष्ट मल्कीसेदेकको दर्जाअनुसार सिद्ध पूजाहारीको रूपमा आउनुहुनेछ । भज ११०:१-४, (उत १४:१७-२०) मत्ती २२:४१-४५; हिब्रू ५:८-१०
राजा दाऊद बालकको रूपमा जन्मनुहुने पिता परमेश्वरले दाऊदको सिंहासनमा राज्य गर्नुहुनेछ । यशै ९:६-७ लूका १:३१-३२
नयाँ करार परमेश्वरले नयाँ करार स्थापना गर्नुभएर आफ्ना प्रजाहरूको पाप क्षमा गरिदिनुहुनेछ । यर ३१:३१-३४ लूका २२:१९-२०
क्रूसको कष्ट ख्रीष्ट, मानव-जातिका पापको निम्ति दोषबलिको रूपमा बलि हुनुहुनेछ । यशै ५३:१-५; भज २२:१-१८ मत्ती २७:२६-३१; यूह १९:३४
क्रूसीकरणपछि ख्रीष्ट, मानव-जातिका पापको निम्ति सट्टामा बलि हुनुहुँदा, उहाँको चिहान दुष्ट मानिसहरूसित हुनेछ, र मृत्युमा धनीहरू उहाँको साथमा हुनेछन् । यशै ५३:९ मत्ती २७:३८, ५७-६०

बाइबलद्वारा ख्रीष्टको विषयमा गवाही

“तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ, किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी तिमीहरू ठान्छौ । मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन्,”

येशूज्यूले पाँच रोटी र दुई माछाले ठूलो भीडलाई खुवाउने, अनि अन्धा मानिसको आँखा खोलिदिने जस्तो आश्चर्यजनक काम गर्नुभयो । मुक्तिदाता येशूज्यूमा अद्भुत शक्ति छ भन्ने कुरा बुझाउनलाई यो प्रमाण मात्र पनि पर्याप्त थियो ।[११][१२] तापनि येशूज्यूले उहाँ मुक्तिदाता हुनुहुन्छ भन्ने कुरालाई अन्य कुनै तरिकाद्वारा नभएर बाइबलद्वारा नै प्रमाणित गर्नुभयो । बप्तिस्मा-दिने यूहन्नाले “आउनेवालाचाहिँ तपाईं नै हुनुहुन्छ ?” भनेर सोध्दा येशूज्यूले बाइबलको अगमवाणीद्वारा तिनलाई जवाफ दिनुभयो ।[१३][१४] अनि इम्माउसतर्फ गइरहेका चेलाहरूले येशूज्यूलाई चिन्न नसक्दा उहाँले बाइबलद्वारा आफ्नो विषयमा तिनीहरूलाई गवाही दिनुभयो ।[१५] सुरुको मण्डलीका सन्तहरूले बाइबलद्वारा नै ख्रीष्टप्रति विश्वस्त भई सारा संसारमाझ येशूज्यूको नाउँ घोषणा गरे । कारण बाइबलका अगमवाणीले मुक्तिदाताको विषयमा स्पष्टसँग गवाही दिएका थिए ।

“तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ, किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी तिमीहरू ठान्छौ । मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन्,”

यूहन्ना ५:३९

बाइबलद्वारा ख्रीष्टको विषयमा गवाही दिएका उदाहरणहरू
वर्गीकरण विषयवस्तु बाइबलीय पद
येशूज्यू बप्तिस्मा-दिने यूहन्नाले आफ्ना चेलाहरूलाई पठाएर ख्रीष्टलाई प्रश्न गर्दा, उहाँले आफू ख्रीष्ट हुँ भन्ने कुरा बाइबलद्वारा जानकारी दिनुभयो । मत्ती ११:२-६
शबाथ-दिनमा सभाघरमा येशूज्यूले यहूदीहरूलाई बाइबलद्वारा आफ्नो विषयमा गवाही दिनुभयो । लूका ४:१६-२१
धर्मशास्त्रले उहाँको विषयमा गवाही दिएको कुरा येशूज्यूले बताउनुभयो । यूह ५:३९
येशूज्यू पुनरुत्थान हुनुभएपछि, इम्माउसतिर गइरहेका दुई जना चेलाहरूलाई उहाँले बाइबलद्वारा आफ्नो विषयमा गवाही दिनुभयो । लूका २४:२५-३२
मत्ती येशूज्यूको जन्म र सुसमाचार प्रचारको कार्यद्वारा ख्रीष्टको विषयमा गवाही दिइयो । मत्ती १:१८-२३; मत्ती २:१-६; मत्ती ३:३; मत्ती ४:१२-१७
पत्रुस येशूज्यू पुनरुत्थान हुनुभएको कुरालाई पेन्तिकोसको दिनमा बाइबलद्वारा गवाही दिइयो । प्रे २:१४-४२
फिलिप इथियोपियाली नपुंसकलाई यशैयाको पुस्तकद्वारा ख्रीष्टको विषयमा गवाही दिइयो । प्रे ८:२६-३५
पावल येशूज्यू नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा शबाथ-दिनमा बाइबलद्वारा गवाही दिइयो । प्रे १७:२-३; प्रे २८:२३

यो पनि हेर्नुहोस्

सम्बन्धित भिडियो

  • प्रवचन: अगमवक्ताहरूको अगमवाणी र संसारका मानिसहरूको सोचाइ

सन्दर्भ सामग्रीहरू

  1. १.० १.१ "यूहन्ना ५:३९" 
  2. "यशैया ९:६" 
  3. "यशैया ७:१४" 
  4. "यशैया ६३:१६" 
  5. "यशैया ६४:८" 
  6. "यशैया ७:१४" 
  7. "यशैया ४४:६" 
  8. "यशैया ४५:२१" 
  9. "मत्ती १:२१-२३" 
  10. "कलस्सी ४:११" 
  11. "मत्ती १४:१६-२१" 
  12. "मर्कूस १०:५१-५२" 
  13. Joo-Cheol-Kim (जनवरी १, २००८), अध्याय ४ “आउनेवालाचाहिँ तपाईं नै हुनुहुन्छ ?”, पिता परमेश्वर र माता परमेश्वर, पेज ४२, गिम जु छल, मल्कीसेदेक प्रकाशन कम्पनी लिमिटेड, पृष्ठ 42 
  14. "मत्ती ११:२-५" 
  15. "लूका २४:२७"